बुधबार, असार ३, २०८३

एनआईसी एशिया बैंकमा क्यास डिपोजिट मेसिन

एनआईसी एशिया बैंकले नगद रकम सोझै मेसिनबाट जम्मा गर्न सकिने ‘क्यास डिपोजिट’ सेवाको शुभारम्भ गरेको छ।
 |  आइतबार, साउन १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन १५, २०७९

काठमाडौं– एनआईसी एशिया बैंकले नगद रकम सोझै मेसिनबाट जम्मा गर्न सकिने ‘क्यास डिपोजिट’ सेवाको शुभारम्भ गरेको छ। ‘डिजिटल फर्स्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने अठोट लिएको बैंकले अब रकम सोझै मेसिनबाट जम्मा गर्न सकिने सुविधा ल्याएको हो।

National life

यस नवीन सेवा मार्फत अब ग्राहकहरुले सहज रुपमा यस बैंकमा रहेको आफ्नो वा अन्यको खातामा नगद रकम जम्मा गर्न सक्नेछन्। यस सेवा अन्तर्गत बैंकमा गई कुनै भौतिक फारम बिना ग्राहकहरूले केबल खाता नम्बरको आधारमा मेसिनबाट सोझै रकम जम्मा गर्न सक्ने व्यवस्था रहेको छ।

यस मेसिनबाट १००० रुपैयाँ र ५०० रुपैयाँ दरका नोटहरू मात्र जम्मा गर्न मिल्ने व्यवस्था रहेकोमा एक जना ग्राहकको खातामा एक पटकमा अधिकतम ९९ हजार ५०० गरी दैनिक अधिकतम ९ लाख ९९ हजार ५०० सम्म नगद जम्मा गर्न सकिने व्यवस्था रहेको छ।

यस नयाँ सेवाबाट नगद जम्मा गर्नका लागि सेवाग्राहीले उक्त मेसिनमा रकम जम्म गर्न इच्छाएको खाता नम्बर उल्लेख गरेपछि मोबाइल नम्बरमा ओटीपी प्राप्त गर्नेछन् र उक्त ओटीपी मेसिनमा उल्लेख गरेर भेरिफाइ भएपछि रकम जम्मा गर्ने प्रक्रिया प्रारम्भ हुनेछ। उक्त मेसिनमा आफूले जम्मा गर्न चाहेको नगद रकम राखेपछि मेसिनले सो रकम गनेर खातामा तत्काल सहज रुपमा जम्मा गरिदिने र त्यसको जानकारी समेत एसएमएस तथा रिसिप्ट मार्फत उपलब्ध हुने व्यवस्था बैंकले गरेको छ।

बैंकले यो सेवा हालको लागि आफ्नो न्यूरोड विशालबजार शाखामा सञ्चालन गरेको र यस सेवालाई निकट भविष्यमा देशका अन्य शाखाहरूमा समेत विस्तार गर्ने योजना बनाइरहेको हुँदा नगद जम्मा गर्नकै लागि भौतिक फारम भरी बैंकको नगद काउन्टरमा लाइन लागेर जम्मा गर्नुपर्ने अवस्थाबाट ग्राहकलाई मुक्ति मिल्ने बैंकले विश्वास लिएको छ। साथै, यस बैंकले दैनिक रुपमा रकम झिक्न र बचत गर्न सकिने क्यास रिसाइक्लर मेसिनबाट समेत सेवा सुचारु गरिसकेको छ।

Shivam cement

प्रकाशित: Jul 31, 2022| 13:13 आइतबार, साउन १५, २०७९
प्रतिक्रिया दिनुहोस्