आइतबार, जेठ ३, २०८३

बालकुमारीमा सवारी दुर्घटना, एक जनाको मृत्यु

बालकुमारीमा गए राति जीपले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।
 |  आइतबार, साउन १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन १५, २०७९

काठमाडौं- बालकुमारीमा गए राति जीपले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। 

National life

ललितपुरको बालकुमारीमा काटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गरेको नम्बर नखुलेको जीपले सोही दिशातर्फ जाँदै गरेको बा९७प ३१४३ नम्बरको मोटरसाइकललाई गए राती १० बजे ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक काठमाडौंको दक्षिणकाली नगरपालिका-८ का ३१ वर्षीय आशिष लामाको उपचारका क्रममा ग्वार्कोस्थित बी एण्ड बी अस्पतालमा राति ११ बजे मृत्यु भएको हो।

जीपसहित फरार भएका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।


प्रकाशित: Jul 31, 2022| 10:40 आइतबार, साउन १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।