शुक्रबार, असार ५, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


नेपाल आइपुगे नवनियुक्त अमेरिकी राजदूत थम्पसन

नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन थम्पसन नेपाल आइपुगेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २८, २०७९

कांग्रेस कार्यसम्पादन समिति बैठकले निर्वाचन रणनीति बारे छलफल गर्ने

नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ। बैठक आज दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २८, २०७९

देशका केही भू-भागमा वर्षाको सम्भावना

आज बिहान देशका धेरै स्थानका मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहेको छ। प्रदेश–१ लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २८, २०७९

आजदेखि पर्यटकीय नगरी पोखरामा नवौँ राष्ट्रिय खेलकुद

पोखरा रङ्गशालामा आज हुने नवौँ राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन समारोहको तयारी पूरा भएको छ। माछापुच्छ्रेको काखमा रहेको पोखरा र यसको मुटुमा रहेको रङ्गशाला चिटिक्क सिँगारिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २८, २०७९

पशुपति क्षेत्रका पुस्तक र मन्दिरमा चढाइएका सामग्री बेच्‍न बिक्री कक्ष

पशुपति क्षेत्र विकास कोषले प्रकाशन गरेका पुस्तक र मन्दिरमा चढाइएका सामग्री खरिद गर्न चाहनेका लागि बिक्री कक्षको व्यवस्था गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २८, २०७९

पुटिनले युक्रेनमाथि आणविक हतियार प्रहार गरे रूसी सेनाले व्यापक क्षति व्यहोर्नुपर्ने ईयूको चेतावनी

युरोपेली संघ (ईयू) का विदेश नीति प्रमुख जोसेप बोरेलले राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्ध आणविक हतियार प्रयोग गरेमा पश्चिमा मुलुकको सैन्य कारबाहीबाट आफ्ना सेना ‘सखाप’ हुने चेतावनी दिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २८, २०७९

चोरी पैठारी हुँदा स्वदेशी जुत्ताचप्पल व्यवसायी मारमा

फुटवेयर म्यानुफ्याक्चरर्स एशोसियशन अफ नेपालले आज पत्रकार सम्मेलन गरी वार्षिक दुई करोडभन्दा बढी जोर जुत्ताचप्पल चोरी पैठारी हुँदा नेपाली व्यवसायीले समस्या भोग्नुपरेको बताएको हो।
नेपाल समय संवाददाता | बिहीबार, असोज २७, २०७९

धादिङमा अब वडा तहबाटै राष्ट्रिय परिचयपत्र वितरण अभियान

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले धादिङका सबै नागरिकको राष्ट्रिय परिचयपत्र बनाउन वडा तहमै टोली खटाएर अभियान थाल्ने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २७, २०७९

जलविद्युत्को विकासका लागि उपयुक्त वातावरण निर्माण : ऊर्जामन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले कानूनी सुधार, क्षेत्रीय तहमा बजार विस्तार तथा स्वतन्त्ररुपमा विद्युत् नियम आयोग स्थापना गरेर नेपालमा जलविद्युत् क्षेत्रको विकासका लागि उपयुक्त वातावरण निर्माण गरिएको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज २७, २०७९

खुल्यो सुर्खेतदेखि कालिकोटसम्मको कर्णाली राजमार्ग

अविरल वर्षाका कारण पहिरोसँगै ठूलो ढुङ्गा खसी पूर्णरूपमा बन्द भएको कर्णाली राजमार्गअन्तर्गत सुर्खेतदेखि कालिकोटसम्म सडक खुलेको छ। बिचमा पर्ने दैलेख खण्ड ६ दिनदेखि बन्द थियो।
नेपाल समय संवाददाता | बिहीबार, असोज २७, २०७९

आचारसंहिता उल्लंघनका विषयमा आयोग दण्डात्मक हुने

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि जारी आचारसंहिताको उल्लङ्घन गरेको पाइए निर्वाचन आयोग दण्डात्मक हुने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २७, २०७९

कोप–२७ : अनुकूलन र जलवायु वित्तीय सहयोग नेपालको प्राथमिकता

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसिसिसी) को पक्ष राष्ट्रको २७औँ सम्मेलन (कोप–२७) मा नेपालले अनुकूलन, हानीनोक्सानी, जलवायु वित्तीय सहयोगलगायत मुद्दालाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २७, २०७९

बैंकिङ कसुर मुद्दामा अदालतबाट जरिवाना ठहर भएका शर्मा र भण्डारी पक्राउ

नेपाल प्रहरीले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनबाट रु २५ लाख जरिवाना ठहर भएका एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २७, २०७९

पुरुष हक्कीमा आर्मीको विजयी सुरुवात

पोखरा–२५ हेमजास्थित गौरीशंकर खेल मैदानमा भएको पुरुष हक्कीतर्फको उद्घाटन खेलमा नेपाल आर्मीले गण्डकी प्रदेशलाई ४–० गोल अन्तरले पराजित गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, असोज २७, २०७९

नवौं राष्ट्रिय खेलकुद : ह्याण्डबलको सेमिफाइनल समीकरण पूरा

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष ह्याण्डबलमा सेमिफाइनल समीकरण पूरा भएको छ। सेमिफाइनलमा गण्डकी, लुम्बिनी, आर्मी र एपीएफले सेमीफाइनलमा स्थान पक्का गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज २७, २०७९

गृहमन्त्री खाणसँग भारतीय राजदूत श्रीवास्तवको भेटवार्ता

गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले बिहीबार गृह मन्त्रालयमा शिष्टाचार भेट गरेका छन्। भेटमा नेपाल–भारतबीचको आपसी सम्बन्ध र सहयोग आदानप्रदानबारे छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २७, २०७९

अब ठूलो पानी पर्दैन : मौसम विभाग

दसैं सुरु भएसँगै भएको लगातारको वर्षाले सर्वसाधारणलाई गन्तव्यमा पुग्न सास्ती मात्रै दिएन देशका कतिपय क्षेत्रमा पाकेको धानबालीमा समेत क्षति पुर्‍यायो। बाढीपहिरोजन्य घटना पनि बढे।
नेपाल समय संवाददाता | बिहीबार, असोज २७, २०७९

सत्ता गठबन्धनको चुनावी कमाण्डर बने नेता पौडेल, सातै प्रदेशमा कार्यकर्ता भेला गर्ने

सत्ता गठबन्धनले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि चुनावी कमाण्डर बनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २७, २०७९