बुधबार, असार ३, २०८३

अ पिक्चरको ट्रेलर सार्वजनिक

अ पिक्चरको ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर ओम चित्र इन्टरटेनमेन्ट युट्युव च्यानलबाट आइतबार सार्वजनिक गरिएको हो। चलचित्र भाद्र ३१ गतेबाट प्रदर्शनको मिति तय भएको छ।
 |  आइतबार, भदौ १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १९, २०७९

काठमाडौं- अ पिक्चरको  ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर ओम चित्र इन्टरटेनमेन्ट युट्युव च्यानलबाट आइतबार सार्वजनिक गरिएको हो। चलचित्र भाद्र ३१ गतेबाट प्रदर्शनको मिति तय भएको छ।  

National life

कार्यकारी निर्माता सुश्मिता गुरुङ र मोहन माया गुरुङ रहेको यस चलचित्रका लेखक तथा निर्देशक विवेक गुरुङ हुन्। 

चलचित्रका छाँयाकार निकोलस गुरुङले दृश्य सम्पादन गरेका हुन्। चलचित्रको छाँयांकन पोखरा र कास्की जिल्लाको रमणिय गाउँहरुमा गरिएको छ।  

फिल्ममा गुरुङ चलचित्र क्षेत्रमा निकै चर्चित कलाकार नविन गुरुङ, ओम गुरुङ, उर्मिला गुरुङ, अन्जु गुरुङ, सुसन गुरुङ, कुशल गुरुङ, आशिष गुरुङ, एसजे पुनलगायतको अभिनय रहेको छ।  

त्यस्तै चलचित्रका गितमा चर्चित गायिका अश्मिता अधिकारी, मबिन्द्र राई, प्रताप दास र ममता गुरुङको स्वर रहेको छ। 

Shivam cement

चलचित्रको प्रिमियर शो पोखराको मिडटाउन सिनेमा हलमा गरिनेछ। त्यस्तै हंगकंग, मकाउ लगायतका देशहरुमा स्पेशल सो समेत गरिने चलचित्रका निर्देशक विवेक गुरुङले बताए। चलचित्र केही समय पश्चात ओम चित्र इन्टरटेनमेन्ट युट्युव च्यानलमा उपलब्ध हुनेछ।

प्रकाशित: Sep 04, 2022| 13:43 आइतबार, भदौ १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।