बिहीबार, साउन २१, २०८३

सुनसरी–३ बाट विजयकुमार गच्छदारको मात्र नाम सिफारिस

सुनसरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारको एकल नाम सिफारिस भएको छ।
 |  आइतबार, भदौ १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १९, २०७९

काठमाडौं– सुनसरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारको एकल नाम सिफारिस भएको छ। कांग्रेस सुनसरी क्षेत्र नम्बर ३ को बैठकले भ्रष्टाचार आरोपमा सांसद पदबाट निलम्बित गच्छदारको नाम सर्वसम्मत सिफारिस गरेको हो। 

बालुवाटारस्थित ललिता निवासको जग्गा किनबेच प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि गच्छदार निलम्बनमा परेका छन्। उक्त मुद्दा अहिले पनि विशेष अदालतमा विचाराधीन छ। 

गच्छदार सिफारिस भएको क्षेत्र सुनसरी–३ बाट नेकपा एमालेले भने भगवती चौधरीलाई उम्मेदवार बनाउने लगभग पक्का छ। ०७४ को निर्वाचनमा गच्छदार भगवतीलाई नै पराजित गरेर निर्वाचित भएका हुन्।  

अघिल्लो पटक गच्छदारले ३८ हजार ९७२ मत ल्याउँदा चौधरीले ३८ हजार ६५१ मत पाएकी थिइन्। यो क्षेत्र गच्छदारले लगातार ६ पटक चुनाव जितेको क्षेत्र हो। उनी २०४८, २०५१ र २०५६ को निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए भने २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा मधेसी जनअधिकार फोरम र २०७० सालको संविधानसभा निर्वाचनमा मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)बाट चुनाव जितेका थिए। त्यसपछि कांग्रेसमा फर्किएका उनले २०७४ सालमा पनि बाजी मारे।

प्रकाशित: Sep 04, 2022| 14:20 आइतबार, भदौ १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...