ललितपुर– ललितपुर महानगरपालिकाले सडक तथा फुटपाथ अतिक्रमण गरेर बनाइएका अवैध संरचना हटाउन थालेको छ। ललितपुर नगर प्रहरीले ती संरचना हटाउन थालेको हो।
आइतबार महानगर प्रहरी प्रमुख सीताराम हाछेथुको नेतृत्वमा सातदोबाटो क्षेत्रका सडक तथा फुटपाथ अतिक्रमण गरेर बनाइएका संरचना हटाइएको छ। यसलाई अभियानकै रुपमा अगाडि बढाइने र क्रमशः व्यापारिक भवनका अनधिकृत संरचना पनि हटाइने नगर प्रमुख हाछेथुले जानकारी दिए।
यसअघि काठमाडौं महानगरपालिकाले व्यापारिक भवनमा बनाइएका नक्सा पासविपरीतका संरचना डोजर लगाएर भत्काएको थियो। महानगर प्रमुख बालेन्द्र शाहको अगुवाइमा अवैध संरचना भत्काइएको हो।