बुधबार, असार ३, २०८३

व्यावसायिक जीवनबाट राजनीतिमा होमिँदै युवा व्यवसायी कँडेल

चुनावी मैदानमा उत्रिने घोषणा गरेका मध्येका एक हुन् युवा व्यवसायी विजय कँडेल। प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनले काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रत्यक्षतर्फ स्वतन्त्र रुपमा प्रतिस्पर्धामा उत्रने घोषणा गरेका छन्।
 |  आइतबार, भदौ १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १९, २०७९

काठमाडौं- आगामी मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति तय भएसँगै दलहरु चुनावी मैदानमा होमिएका छन्। दलसँगै स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा गर्नेको संख्या पनि बढिरहेको छ। गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुले उत्साहजनक रुपमा जित हासिल गरेसँगै स्वतन्त्र रुपमा चुनाव लड्न चाहनेहरु हौसिएका हुन्। 

National life

चुनावी मैदानमा उत्रिने घोषणा गरेका मध्येका एक हुन् युवा व्यवसायी विजय कँडेल। प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनले काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रत्यक्षतर्फ स्वतन्त्र रुपमा प्रतिस्पर्धामा उत्रने घोषणा गरेका छन्। ३८ वर्षीय कँडेल आन्तरिक तयारीमा जुटिसकेका पनि छन्। कँडेल कृषि व्यवसायमा समेत उत्तिकै सक्रिय रहेका छन्। तारकेश्वर नगरपालिका-३ आठमाईलमा करिब ५२ रोपनी क्षेत्रफलमा टनेलमा आधारित व्यावसायिक कृषि समेत गर्दै आएका छन् उनले।

काठमाडौंमा हाइजेनिक मिट सेन्टर नामक व्यवसाय समेत सञ्चालन गर्दै आएका कँडेल फुर्सदको समयमा आफैं कृषि फार्ममा पुगेर काम गर्छन्। राजधानीका चपली, मण्डिखाटार, बालुवाटार, शान्तिनगर र चितवनको नारायगढ गरी ५ स्थानमा हाइजेनिक मिटसप सेन्टरका आउलेट सञ्चालनमा छन्। राजधानीको बूढानीलकण्ठ नगरपालिका-२ चपलीमा मासुजन्य कम्पनी हाइजेनिक फुड्स प्रालि सञ्चालनमा छ। 

आफ्नो विभिन्न व्यवसायमा गरी डेढ सयभन्दा बढीलाई रोजगारी दिएका कँडेलको तरकारी र पशुपालन फार्मबाट वार्षिक एक करोड रुपैयाँसम्मको कारोबार हुने गरेको छ। व्यावसायिक जीवनमा स्थापित भई आफू समाजसेवाका लागि राजनीतिमा होमिएको उनी बताउँछन्।

भन्छन्, 'राजनीति गर्नलाई पैसा चाहिन्छ, कुनै न कुनै काम त गर्नैपर्छ। त्यसैले हामीले तरकारी खेती गरेका हौं। यो पेशामा मिहिनेतसँगै आम्दानी पनि छ। साथै ठूलादेखि साना व्यापारीसँगको प्रत्यक्ष सम्पर्कले राजनीतिक जीवनलाई पनि कुनै असर हुँदैन। यस क्षेत्रमा रहेका जग्गा तथा नगरपालिकाका विभिन्न स्थानमा रहेका दुवै नगरपालिका र महानगरसम्मको जग्गाहरुको व्यवस्थापन गर्दै फलफूलका बगैंचाहरु स्थापना गर्ने आवश्यकता छ, जसबाट घरेलु, साना र मझौला स्तरका थुप्रै उद्योगहरु खोलेर सबै जनतालाई उद्यमशिलतासँग जोड्न सकिन्छ।’ 

Shivam cement

राजनीति गर्नेहरूले जनतासँग प्रत्यक्ष सम्पर्कमा बस्नु जरुरी हुने कँडेलको ठम्याइ छ। आफ्नो व्यवसायले धेरैलाई रोजगारी दिएकाले राजनीतिक क्षेत्रमा छवि राम्रो बनेको कँडेलको अनुभव छ। अष्ट्रेलिया गएर करिब १३ वर्षअघि नेपाल फर्किएका उनी कृषिमा लाग्न चाहनेहरुमा जागरण ल्याउने कार्यमा लामो समयदेखि संलग्न रहँदै आएका छन्। पर्यटनको राम्रो सम्भावना रहेको टोखा र बूढानिलकण्ठ नगरपालिकामा पर्ने ५ नम्बर क्षेत्रको विकास र पर्यटनको क्षेत्रका लागि कँडेल चिन्तित छन्। कँडेल काठमाडौंमा गुणस्तरीय र वातावरणमैत्री पर्यटनको प्रवद्धन गर्नुपर्नेमा जोड दिन्छन्। 

स्थानीय स्तरमा विकासको ढोका खोल्न र व्यापक रोजगारी तथा उद्यमशिलता विकास गर्नको निम्ति कँडेलले गुरुयोजना बनाइराखेको बताएका छन्। यस क्षेत्रको व्यवस्थित विकासको निम्ति खेतीयोग्य र आवासीय जमिनलाई छुट्याएर सोहीबमोजिम जमीनको वर्गीकरण गरी विकास कार्यलाई अघि बढाउनु जरुरी रहेको उनी बताउँछन्।

प्रकाशित: Sep 04, 2022| 12:25 आइतबार, भदौ १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...