शुक्रबार, असोज ९, २०८३

मल नल्याउने कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस

कृषि सामग्री कम्पनी लिमिटेडले समयमै रासायनिक मल नल्याउने दुईवटा ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरेको छ।
 |  आइतबार, भदौ १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १९, २०७९

काठमाडौं– कृषि सामग्री कम्पनी लिमिटेडले समयमै रासायनिक मल नल्याउने दुईवटा ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरेको छ। ठेक्का सम्झौताअनुसार समयमा मल नल्याएका नेपाली कम्पनीलाई कालोसूचीमा राख्न कम्पनीले कृषि मन्त्रालयमा सिफारिस गरेको हो।

कम्पनीको सिफारिसअनुसार मन्त्रालयले कालोसूचीमा राख्नका लागि सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पत्र पठाएको छ। ‘सिल्क (जेभी) र सिल्क मार्केटलाई कालोसूचीमा राख्न सिफारिस गरिएको हो।

आर्थिक वर्ष २०७८–०७९ का लागि यी दुई कम्पनीले ५० हजार टन युरिया र ५ हजार टन डीएपी गरी ५५ हजार टन मल आयातको सम्झौता गरेका थिए। सम्झौता अवधि सकिएको ६ महिनासम्म समय दिँदा पनि ठेकेदारले आलटाल गरेपछि कम्पनीले ठेक्का सम्झौता तोडेर धरौटी जफत गरी कालोसूचीको सिफारिस गरिएको हो। 

प्रकाशित: Sep 04, 2022| 13:39 आइतबार, भदौ १९, २०७९
प्रतिक्रिया दिनुहोस्