आइतबार, फागुन १७, २०८२

२१ परीक्षार्थी लोकसेवा आयोगको कारबाहीमा

गत जेठ २१ गते कर्णाली प्रदेश लोकसेवा आयोगले लिएको परीक्षामा आफ्नो नाम र फोन नम्बर लेख्ने २१ जना परीक्षार्थीलाई कारबाही गरिएको छ।
 |  आइतबार, भदौ १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १९, २०७९

वीरेन्द्रनगर- गत जेठ २१ गते कर्णाली प्रदेश लोकसेवा आयोगले लिएको परीक्षामा आफ्नो नाम र फोन नम्बर लेख्ने २१ जना परीक्षार्थीलाई कारबाही गरिएको छ।

आयोगको लिखित परीक्षा नतिजा शाखाले विज्ञापन नम्बर ५०३९५०६/०७८९७९ इञ्जिनियरिङ सेवा, सिभिल समूह, एकीकृत उपसमूह सहायकस्तर पाँचौं तह र सबइञ्जिनियर पदको लागि गत जेठ २१ गते परीक्षा सञ्चालन गरेको थियो।

उक्त परीक्षामा रोल नम्बर ३३९० सोरु गाउँपालिका–१ मुगुका राजेन्द्र शाहीले उत्तर पुस्तिकामा मोबाइल नम्बर लेखेका छन्। 

आयोगद्वारा जारी विज्ञप्ति अनुसार अन्य २० जनाले भित्रि पृष्ठमा नाम र रोल नम्बर लेखेका हुन्। शाहीलाई दुई वर्ष आयोगको कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी कारबाही गरेको छ। 

अन्य २० जनालाई एक वर्षसम्म आयोगले लिने कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी निलम्बन गरिएको छ।

kumari

आयोगले प्रदेश लोकसेवा आयोग ऐन ०७५ को दफा ६४ को १ ‘ख’ बमोजिम उनीहरुलाई कारबाही गर्ने निर्णय गरेको जनाएको छ।

प्रकाशित: Sep 04, 2022| 13:33 आइतबार, भदौ १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।