कपिलवस्तु- बिजयनगर गाउँपालिका-७ जुगनियास्थित सडकबाट यूपी५५आर १०५८ नम्बरको मोटरसाइकलबाट लडेर मोटरसाइकलमा सवार एक जनाको ज्यान गएको छ।
ज्यान गुमाउनेमा काठमाडौं घर भएका ३५ वर्षीय राम सेवक थारू रहेका छन्। उनको शनिबार साँझ मृत्यु भएको हो।
मोटरसाइकलबाट लडेर गम्भीर घाइते भएका उनको शिवराज अस्पताल बहादुरगंजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।