बिहीबार, साउन २१, २०८३

जबरासँग तेस्रो दिनको बयान सुरु

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँगको तेस्रो दिनको बयान सुरु भएको छ। प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले आज सिंहदरबारस्थित कार्यालयमा उनको बयान लिन थालेको हो।
 |  आइतबार, भदौ १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १९, २०७९

काठमाडौं- निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँगको तेस्रो दिनको बयान सुरु भएको छ। प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले आज  सिंहदरबारस्थित कार्यालयमा उनको बयान लिन थालेको हो।

यसअघि बुधबार र बिहीबार जबरासँग बयान लिइएको थियो। बयानका क्रममा जबराले पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश, न्यायाधीश, नेताहरू, बारका पदाधिकारीलगायतमाथि गम्भीर आरोप लगाइरहेका छन्। 

समितिले ४३ वटा प्रश्नावली तयार गरेकोमा बुधबार र बिहीबार ६ वटा मात्रै प्रश्नको सवालजवाफ सकिएको छ। आरोपप्रत्यारोपमा उत्रिएका जबराले व्याख्यात्मक शैलीमा लामा जवाफ दिइरहेका छन्।

जसकारण बयान लम्बिएको छ। बयान लम्बिएपछि आइतबार बयान लिनुअघि बयान छोट्याउनेबारे छलफल गर्न समितिको बैठक बसेको थियो। बैठक सकिएलगत्तै जबरासँग तेस्रो दिनको बयान सुरु भएको हो।

प्रतिनिधिसभाले साउन १५ मा राणाविरुद्धको महाअभियोगको प्रस्ताव समितिमा पठाउने निर्णय गरेको थियो।

सत्तारुढ दलले २१ आरोपसहित राणाविरुद्ध गएको फागुनमा महाअभियोग प्रस्ताव संसदमा दर्ता गराएका थिए।

राणाले मन्त्रिपरिषद र संवैधानिक नियुक्तिमा भागबन्डा खोजेको, कार्यकारीसँग सौदाबाजी गरेको, आर्थिक राजनीतिक मुद्दामा बेन्च सेटिंग गरेको, भ्रष्टाचार गरेको जस्ता आरोप छन्।

प्रकाशित: Sep 04, 2022| 12:40 आइतबार, भदौ १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...