बिहीबार, साउन २१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • रञ्जन कोइरालाको कैद घटाउने फैसलाबारे चोलेन्द्रको प्रष्टीकरण– मैले विवेक प्रयोग गरेको हुँ

रञ्जन कोइरालाको कैद घटाउने फैसलाबारे चोलेन्द्रको प्रष्टीकरण– मैले विवेक प्रयोग गरेको हुँ

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सशस्त्र प्रहरी बलका पूर्व डीआईजी रञ्जन कोइरालाको मुद्दामा आफूले विवेक प्रयोग गरेको बताएका छन्।
 |  आइतबार, भदौ १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १९, २०७९

काठमाडौं– निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सशस्त्र प्रहरी बलका पूर्व डीआईजी रञ्जन कोइरालाको मुद्दामा आफूले विवेक प्रयोग गरेको बताएका छन्। प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिलाई आज आइतबार तेस्रो दिन जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन्।

आज समितिले जबरालाई पाँचवटा प्रश्न सोधेको थियो। त्यसमध्ये रञ्जनको मुद्दामा जबरासहित न्यायाधीश तेजबहादुर केसीको इजलासले गरेको फैसलाबारे पनि प्रश्न सोधिएको थियो।

उक्त फैसला सही र सान्दर्भिक भएको भन्दै जबराले आफ्नो बचाउ गरेका हुन्। ‘मैले रञ्जनको परिवारको बयान सुनेपछि त्यसबाट प्रभावित भएर कैद घटाउने निर्णय गरेको हो। मैले विवेक प्रयोग गरेको हो,’ जबराको जवाफ उद्धृत गर्दै समिति सदस्य नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले बताए।

प्रधानन्यायाधीश जबरासहित न्यायाधीश केसीको इजलासले २०७७ असार १५ मा रञ्जन कोइरालाको कैद सजाय ८ वर्ष ६ महिनामात्रै हुने फैसला गरेको थियो। पुनरावेदन अदालत पाटनले पत्नी हत्याको अभियोगमा कोइरालालाई जन्मकैद (२० वर्ष) सजाय तोकेको थियो। 

२०६९ वैशाखमा कोइरालाले श्रीमती गीता ढकालको हत्या गरेर शव टुक्राटुक्रा पारी काठमाडौंबाट मकवानपुरको जंगलमा पुर्‍याएर जलाएका थिए।

काठमाडौं जिल्ला अदालतले गरेको सर्वस्वसहित जन्मकैदको फैसलालाई पुनरावेदन अदालत पाटनले २०७२ मंसिर २३ मा सदर गरेको थियो । तर चोलेन्द्रले उनको जन्मकैदको सजाय घटाइदिएपछि उनी कारागारमुक्त भएका थिए। पछि गत जेठमा कामु प्रधानन्यायाधीश दीपककुमार कार्की तथा न्यायाधीशद्वय टंक मोक्तान र कुमार चुडालको पूर्ण इजलासले आफ्नै उक्त फैसला उल्ट्याएपछि कोइराला सम्पर्कविहीन भएका थिए । अदालतको फैसलालगत्तै फरार भएका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नयाँ बानेश्वरबाट पक्राउ गरेको थियो।

आज समितिका सदस्यहरुले जबरासँग पाँच वटा प्रश्न सोधेका थिए। महाभियोग सिफारिस समितिको अर्को बैठक २६ भदौमा बस्ने भएको छ।

प्रकाशित: Sep 04, 2022| 13:51 आइतबार, भदौ १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...