जाजरकोट- जिल्लाको कुशे गाउँपालिका-२ टालेगाउँमा भीरबाट खसेर एक युवतीको ज्यान गएको छ।
शनिबार बाख्रा चराउन गोठालो गएकी १८ वर्षीया लिला सिंहको भीरबाट खसेर ज्यान गएको हो।
शुक्रबार सार्वजनिक भएको राष्ट्रिय परीक्षा बोर्डको कक्षा १२ को परीक्षामा ती युवती उत्तीर्ण भएकी हुन्।