शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • छलफल भइरहँदा पुराना माइक्रोमाथि धरपकड हुनु गलत : यातायात महासंघ

छलफल भइरहँदा पुराना माइक्रोमाथि धरपकड हुनु गलत : यातायात महासंघ

सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले २० वर्ष पुराना सवारीलाई धरपकड नगर्न ट्राफिक प्रहरीसँग आग्रह गरेको छ।
 |  आइतबार, भदौ १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १९, २०७९

काठमाडौं- सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले २० वर्ष पुराना सवारीलाई धरपकड नगर्न ट्राफिक प्रहरीसँग आग्रह गरेको छ।

National life

उपत्यकामा सञ्चालित करिब ६ सय माइक्रो २० वर्ष नाघेर पनि यात्रुलाई सेवा दिनसक्ने क्षमतामा रहेको महासंघले जनाएको छ।

'ती सवारी साधन चल्ने रुटमा ठूला बस पनि सञ्चालन हुन सक्ने अवस्था छैन। उपत्यकामा सरकारले २५ सिट भन्दा माथिको मात्र रुट इजाजत दिने निर्णय गरेको र उक्त माइक्रोबसको सम्बन्धमा संघीय सरकार र प्रदेश सरकारसँग महासंघले छलफल गरिरहेको छ,' महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

माइक्रोबस सञ्चालन नहुँदा उक्त रुटका यात्रुले सास्ति पाउने भएकाले अर्को निर्णय नहुँदासम्म त्यस्ता सवारी साधनलाई ट्राफिक प्रहरीले धरपकड गर्न नहुने महासंघको ठहर छ।

महासंघका अध्यक्ष डोलनाथ खनालले ट्राफिक प्रहरी कार्यालयका साथै सम्बन्धित निकायसँग यस सम्बन्धमा आवश्यक सहयोग गरिदिन आग्रह गरेका छन्।



प्रकाशित: Sep 04, 2022| 13:21 आइतबार, भदौ १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।