आइतबार, असोज ११, २०८३

कथाकार एलबी क्षेत्रीले घोषणा गरे एक लाखको पुरस्कार

कथाकार तथा कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्रीले एक लाख नगद राशिको पुरस्कार घोषणा गरेका छन्।
 |  आइतबार, भदौ १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १९, २०७९

काठमाडौं- कथाकार तथा कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्रीले एक लाख नगद राशिको पुरस्कार घोषणा गरेका छन्। 

काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा, कथासङ्ग्रह 'सन्तापको धून'को विमोचनमा सभापतीय मन्तव्यका क्रममा क्षेत्रीले उक्त घोषणा गरेका हुन्।

विगतमा 'कविडाँडा राष्ट्रिय उत्कृष्ट आख्यान पुरस्कार' शीर्षकमा २५ हजार राशिको पुरस्कार प्रदान गर्दै आएकोमा वि.स. २०७९ देखि पुरस्कारको राशि एक लाख हुने क्षेत्रीले घोषणा गरेका हुन्। यो पुरस्कार वर्षभरिमा प्रकाशित आख्यान विधाका कृतिमध्येबाट एकलाई प्रदान गरिन्छ। 

कथा र उपन्यासका कुनै पनि प्रभेगमा लेखिएको उत्कृष्ट कृतिमध्येको एकलाई सो पुरस्कार दिने कथाकार क्षेत्रीले बताए। २०७८ का लागि भने पुरस्कार राशि २५ हजार नै रहनेछ।

प्रकाशित: Sep 04, 2022| 12:23 आइतबार, भदौ १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।