शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दुई जना ट्याक्सी चालकविरुद्ध अभद्र व्यवहारमा मुद्दा

दुई जना ट्याक्सी चालकविरुद्ध अभद्र व्यवहारमा मुद्दा

मदिरा सेवन गरी ट्याक्सी चलाउने दुई जना चालकविरुद्ध ट्राफिक प्रहरीले अभद्र व्यवहार मुद्दा दर्ता गरेको छ ।
 |  आइतबार, भदौ १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १९, २०७९

काठमाडौं- मदिरा सेवन गरी ट्याक्सी चलाउने दुई जना चालकविरुद्ध ट्राफिक प्रहरीले अभद्र व्यवहार मुद्दा दर्ता गरेको छ। 

National life

प्रहरीले शनिबार राति काठमाडौंको सुकेधाराबाट पक्राउ परेका बा२ज ३३४१ नम्बरको ट्याक्सी चालक सुनसरीका ३४ वर्षीय विकास सुनार र कीर्तिपुरबाट पक्राउ परेका बा२ज ६५४ नम्बरको ट्याक्सी चालक ललितपुर ९ का ४६ वर्षीय राजेन्द्र महर्जनविरुद्ध मुद्दा दर्ता गरेको हो।

सुनारलाई आवश्यक कारबाहीका लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको छ। महर्जनलाई आवश्यक कारबाहीका लागि प्रहरी वृत्त कीर्तिपुरमा बुझाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए। 

मादक पदार्थ सेवन गरी सवारी साधन चलाएका उनीहरूलाई कारबाही गर्न खोज्दा आवश्यक कागजपत्र नदिनुका साथै ट्राफिक प्रहरीमाथि नै अभद्र व्यवहारसमेत गरेका थिए। 

प्रहरी वृत्तहरूमा बुझाइएका दुवै चालकलाई अभद्र व्यवहारको कसुरमा मुद्दा चलाउन म्याद थपका लागि जिल्ला अदालत पठाइएको छ। 

सार्वजनिक सवारी साधनका चालकहरूले मापसे गरेर सवारी साधन चलाउन थालेपछि दुर्घटनाको जोखिम बढेको ट्राफिक प्रहरीले जनाएको छ। सम्भावित दुर्घटनालाई रोक्नका लागी ट्राफिक चेकजाँचलाई तीव्रता दिइएको प्रहरी वरिष्ठ उपरीक्षक भट्टले जानकारी दिए।

प्रकाशित: Sep 04, 2022| 13:39 आइतबार, भदौ १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।