बिहीबार, साउन २१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • चोलेन्द्रलाई पाँचवटा प्रश्न सोधेर सकियो सिफारिस समितिको बैठक, अर्को बयान २६ भदौमा

चोलेन्द्रलाई पाँचवटा प्रश्न सोधेर सकियो सिफारिस समितिको बैठक, अर्को बयान २६ भदौमा

महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई भदौ २६ गते दिउँसो १२ः३० बजे बयानका लागि फेरि बोलाएको छ।
 |  आइतबार, भदौ १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १९, २०७९

काठमाडौं– महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई भदौ २६ गते दिउँसो १२ः३० बजे बयानका लागि फेरि बोलाएको छ।

आज आइतबार समितिले जबरासँग थप पाँच प्रश्न सोधेको थियो। योसहित समितिले जबरालाई ११ वटा प्रश्न सोधेको छ। यसअघि बयानको पहिलो दिन गत बुधबार र बिहीबार गरी ११ प्रश्न सोधिएको थियो। बयानका लागि ४३ वटा प्रश्न तयार पारिएका छन्। 

आजको बैठकमा जबराले आफूमाथि लगाइएको महाभियोग भ्रामक र निर्थक भएको दोहोर्याएका थिए। संविधानको पालना गर्दागर्दै पनि राजनीतिक दलहरुले विज्ञप्ति निकालेर आफूमाथि प्रतिशोध साँध्न खोजेको आरोप उनको थियो।

उनले महाभियोग लगाएको साढे ६ महिना बितिसक्दा पनि यसको जवाफ पाउन नसकेको धारणा व्यक्त गरे। न्यायालयमा विचलन ल्याएको, भ्रष्टाचार र बिचौलियाले प्रवेश पाएको र कार्यपालिकामा भागबन्डा खोजेको लगायतका आरोप जबरामाथि लगाइएको छ। उनीमाथि अनुसन्धान गर्न प्रतिनिधिसभाले ११ सदस्यीय सिफारिस समिति गठन गरेको छ।
महाअभियोग सिफारिस समिति यस्तो छ ।

समितिमा नेकपा एमालेबाट विष्णु पौडेल, लालबाबु पण्डित, शिवमाया तुम्बाहाम्फे, कृष्णभक्त पोखरेल, कांग्रेसबाट मिनबहादुर विक, रामबहादुर विष्ट, माओवादीबाट यशोदा सुवेदी, रेखा शर्मा, नेकपा एसबाट कल्याणी खड्का, लोसपाबाट एकवाल मियाँ  र जसपाबाट प्रमोद साह छन्।
प्रकाशित: Sep 04, 2022| 13:18 आइतबार, भदौ १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...