भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले आज मोरङ जिल्लाको कानेपोखरी गाउँपालिकामा भूमिहीन सुकुम्वासी र भूमिहीन दलित गरेर ३६ वटा लालपुर्जा वितरण गर्नु भएको छ।
दिगो विकासका लक्ष्य पूरा गर्न १९ अर्ब डलर आवश्यक पर्ने हुँदा त्यसका लागि निजी क्षेत्र तथा वैदेशिक लगानीकर्ताको सहयोग चाहिने प्रधानमन्त्री देउवाको तर्क।
काठमाडौंसहित देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको ज्यान गएको छ। काठमाडौं कीर्तिपुर नगरपालिका-६ चोभार नजिक बा.८च ७१५० नम्बरको गाडीले बा.५९प २११० नम्बरको मोटरसाइकललाई मंगलबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल...
प्रहरीले भक्तपुर र काभ्रेबाट सुनका गहना लुटपाटमा संलग्न गिरोहलाई पक्राउ गरेको छ। भक्तपुर र काभ्रेका विभिन्न स्थानमा सुनका गहना लगाएका व्यक्तिलाई पिछा गरी एकान्तमा पारी गहना लुटपाट गरेको घटनामा संलग्न...
चोलेन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेता माधवकुमार नेपाललगायतले राजनीतिक लाभका लागि आफूलाई निलम्बित गरेको दाबी गरे पनि सोधपुछका लागि नबोलाउने निर्णयमा पुग्यो समिति।
जिल्ला अस्पतालमा मात्रै साउनयता एक सय ४० जनामा स्क्राब टाइफस र १३ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको अस्पतालका हेल्थ असिन्टेन्ट हेमन्त खडायतले जानकारी दिए।
तालमेलका लागि गठबन्धनसँग ४० सिटको दाबी गरिरहेको नेकपा एसले स्थानीय तह निर्वाचनको नतिजालाई महत्त्व नदिई कांग्रेस, माओवादीका बलिया किल्लामा आँखा लगाएको छ।