पाल्पा- पाल्पाको रामपुर नगरपालिका-८ गैरी खेतमा मंगलबार दुईवटा मोटरसाइकल ठोक्किँदा तीन जना घाइते भएका छन्।
कालिगण्डकी करिडोर सडकमा विजयपुरबाट भुजाततर्फ जाँदै गरेको लु २९ प ३८२७ र विपरित दिशाबाट आउँदै गरेको लु २१ प ५९२८ नम्बरको मोटरसाइकल ठोक्किएका थिए।
दुर्घटनामा ३८२७ नम्बरको मोटरसाइकल चालक पाल्पा रामपुर नगरपालिका-८ का ३४ वर्षीय यमबहादुर साठीघरे, सोही मोटरसाइकलमा पछाडि सवार रामपुर-१० का २९ वर्षीय जयबहादुर परियार र ५९२८ नम्बरको मोटरसाइकल चालक रामपुर-५ का २१ बर्षीय बिष्णु माझी रहेका छन्। घाइतेको रामपुर अस्पतालमा उपचार भइरहेको छ।
मंगलबार बेलुकी पौने ७ बजे भएको सवारी दुर्घटनामा घाइतेमध्ये बिष्णु र जयको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ।