बुधबार, असार ३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • निजी क्षेत्रलाई पूर्वाधारमा लगानी गर्न प्रधानमन्त्री देउवाको आग्रह

निजी क्षेत्रलाई पूर्वाधारमा लगानी गर्न प्रधानमन्त्री देउवाको आग्रह

दिगो विकासका लक्ष्य पूरा गर्न १९ अर्ब डलर आवश्यक पर्ने हुँदा त्यसका लागि निजी क्षेत्र तथा वैदेशिक लगानीकर्ताको सहयोग चाहिने प्रधानमन्त्री देउवाको तर्क।
 |  बुधबार, भदौ २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २९, २०७९
National life
Shivam cement

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले निजी क्षेत्रलाई पूर्वाधारमा लगानी बढाउन आग्रह गरेका छन्। बुधबार लगानी बोर्डले आयोजना गरेको दिगो पूर्वाधार लगानी फोरममा सहभागी देउवाले पूर्वाधारमा निजी क्षेत्र र वैदेशिक लगानीबिना मुलुकको विकास अगाडि नबढ्ने बताएका हुन्।

‘मुलुकमा पूर्वाधार विकास गर्न निजी क्षेत्रको लगानी महत्त्वपूर्ण हुन्छ भने वैदेशिक लगानी पनि आवश्यक भएकाले लगानी बढाउन आवश्यक छ। नेपालमा सार्वजनिक÷निजी साझेदारी मोडलमा ठूलो लगानी गर्न सकिन्छ’, उनले भने।

देउवाले दिगो विकासका लक्ष्य पूरा गर्न १९ अर्ब डलर आवश्यक पर्ने हुँदा त्यसका लागि निजी क्षेत्र तथा वैदेशिक लगानीकर्ताको सहयोग चाहिने बताए। उनले पूर्वाधार विकास र आर्थिक उन्नति गर्दै नेपाललाई सन् २०२६ सम्म विकासोन्मुख राष्ट्रमा स्तरोन्नति गरिने जानकारी दिए। सरकारले १५औं पञ्चवर्षीय योजनाअनुसार पूर्वाधार विकासलाई प्राथमिकता दिएर काम गरिरहेको उनको भनाइ छ।

प्रकाशित: Sep 14, 2022| 13:30 बुधबार, भदौ २९, २०७९
प्रतिक्रिया दिनुहोस्