शनिबार, माघ ५, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • अदालतको आदेश अवज्ञा : बागेश्वरी मन्दिरको जग्गामा अवैध संरचना निर्माण

Siddartha premir insuranceSiddartha premir insurance

अदालतको आदेश अवज्ञा : बागेश्वरी मन्दिरको जग्गामा अवैध संरचना निर्माण

पश्चिम नेपालकै प्रसिद्ध धार्मिक तीर्थस्थल बागेश्वरी मन्दिर परिसरमा रहेको जग्गामा अनधिकृत संरचना निर्माण गर्ने कार्य सुरु भएको छ।
 |  बुधबार, भदौ २९, २०७९

नवीन अभिलाषी

नवीन अभिलाषी

बुधबार, भदौ २९, २०७९

ntc landingntc landing

नेपालगञ्ज- पश्चिम नेपालकै प्रसिद्ध धार्मिक तीर्थस्थल बागेश्वरी मन्दिर परिसरमा रहेको जग्गामा अनधिकृत संरचना निर्माण गर्ने कार्य सुरु भएको छ। केही समय अघि जिल्ला अदालत बाँकेले सो जग्गामा कुनै पनि संरचना निर्माण नगर्न आदेश दिएको थियो। तर, सो आदेशको अवज्ञा गर्दै अहिले मन्दिर परिसरमा रहेको जग्गामा संरचना निर्माणको काम सुरु भएको छ। 

himalayan bank box

निर्माण रोक्न विकासका लागि नागरिक समाज सरोकार समितिले नेपालगन्ज उपमहानगरपालिकाको ध्यानाकर्षण गराउँदै हस्तक्षेप गर्न अनुरोध गरेको छ। समितिका तर्फबाट संयोजक कृष्ण प्रसाद श्रेष्ठ, वरिष्ठ अधिवक्ता विजयकुमार गुप्ता, नगर विकास समितिका पूर्व अध्यक्ष ललित रौनियार, उपभोक्ता संरक्षण मञ्चका अध्यक्ष वसन्त गौतम, अधिवक्ता विश्वजित तिवारी उपमहानगर पुगेका थिए। उनीहरूले प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिर पूर्वको सार्वजनिक जग्गामा अनधिकृत निर्माण रोक्न दबाब दिएका छन्। अदालतको आदेश अनुसार बाल उद्यान सुनिश्चित गर्न समेत जोड दिए। 

अदालतको आदेशपछि नेपालगन्ज उपमहानगरपालिकाले संरचना निर्माणमा रोक लगाएको थियो। अहिले सो क्षेत्रमा ट्रस्टहरू निर्माण गर्न थालिएको छ। पहिले सञ्चालन हुँदा आएका सटरहरू भत्काएर उपमहानगरले संरचना निर्माण गर्न खोजेको थियो। 

यसअघि गत साउन अन्तिम साता उक्त स्थानमा चिल्ड्रेन पार्क निर्माण गर्ने भन्दै नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले शिलान्यास समेत गरेका थिए। 

करिब ६ करोड रुपैयाँ लागत अनुमान रहेको सो बाल पार्कको मेयर विष्टले शिलान्यास गर्दै आगामी पुस ५ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी एक करोड ८२ लाख रुपैयाँमा उच्च कोटी गोरखनाथ बजरङ्ग जेभीलाई निर्माणको जिम्मा दिइएको थियो। 

करिब ५.५ कट्टा जग्गामा पहिलो चरणमा रेस्टुरेन्ट, पार्किङ, फुटपाथ, सटरसहित बालपार्कका लागि आधारभूत काम गर्नेगरि डिपिआर अनुसार आधुनिक संरचना सहितको बाल पार्क र दुई तल्ले रेस्टुरेन्ट निर्माण गर्न लाग्दा धार्मिक आस्थाको धरोहरमाथि प्रहार भएको भन्दै चौतर्फी विरोध र आलोचना भएको थियो।

शिलान्यासको खबर बाहिरिएपछि जिल्लाका सरोकार राख्ने व्यक्तिहरूको चर्को दबाबपछि निर्माण कार्य रोकिएको थियो। रेस्टुरेन्टका लागि पहिलो चरणमा दुई तले अत्याधुनिक भवनसँगै व्यावसायिक प्रयोजनका सटरहरू बनाउन लागिएकाले त्यसलाई रोक्न दबाब दिएको विकासका लागि नागरिक समाज सरोकार समितिका संयोजक कृष्ण कुमार श्रेष्ठले बताए।

प्रकाशित: Sep 14, 2022| 11:23 बुधबार, भदौ २९, २०७९
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।