बुधबार, असार ३, २०८३

प्रतिकेजी १५ रुपैयाँले बढ्यो चामलको उपभोक्ता मूल्य

भारतले धान, चामल, गहुँ निर्यातमा कडाइ गरेसँगै चामलको उपभोक्ता मूल्य प्रतिकेजी १५ रुपैयाँसम्म बढेको किराना व्यापार संघको तथ्यांक।
 |  बुधबार, भदौ २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २९, २०७९

काठमाडौं– थोक बिक्रेताले भदौ पहिलो सातादेखि चामलमा प्रतिकेजी १५ रुपैयाँ बढाएका छन्। भारतले चामल निर्यातमा कडाइ गर्ने संकेत पाएपछि चामलको उपभोक्ता मूल्य प्रतिकेजी १५ रुपैयाँसम्म बढेको किराना व्यापार संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले बताएका हुन्।

National life

थोक बिक्रेताले चामलको मूल्य बढाएर पठाएकाले खुद्रा पसलमा पनि मूल्य बढेको उनको भनाइ छ। खुद्रा व्यापार संघका पूर्वअध्यक्ष पवित्र वज्राचार्य चामलको खुद्रा मूल्य प्रतिबोरा २ सय रुपैयाँदेखि ४ सय रुपैयाँसम्मले बढिसकेको बताउँछन्। 

खुद्रा व्यापार संघका महासचिव अमूलकाजी तुलाधार चामलको मूल्य बढाउन चलखेल सुरु भइसकेको दाबी गरे। भारतले निर्यात कर बढाउने निर्णय गरेसँगै नेपालका थोक बिक्रेताले मूल्य बढाउन सुरु गरेको उनले बताए।

‘भारतमा बढ्नेबित्तिकै नेपालमा मूल्य बढ्छ। त्यसको गाली हामी खुद्रा व्यापारीले खान्छौं। तर मूल्यमा चलखेल गर्ने व्यापारीको संख्या २५ देखि ३० जनाको मात्रै छ,’ महासचिव तुलाधरले भने। भारतको नयाँ निर्णयले चामलको मूल्य प्रतिकेजी ४० रुपैयाँसम्म बढ्न सक्ने उनको अनुमान छ। 

यसैबीच बुधबार नेपाल र भारतका परराष्ट्र सचिवबीच भएको छलफलमा पनि नेपालले गहुँ, चिनी, धान र चामल निर्यात प्रतिबन्ध हटाउन आग्रह गरेको छ। भारतले गहुँ, चिनी, धान, चामल निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा ती वस्तुको मूल्य ह्वात्तै बढेको छ।

Shivam cement

प्रकाशित: Sep 14, 2022| 14:21 बुधबार, भदौ २९, २०७९
प्रतिक्रिया दिनुहोस्