काठमाडौं- मिटरब्याज पीडितमाथि प्रहरीले तेस्रो दिन बुधबार पनि धरकपड गरेको छ।
नेपाल भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समितिका अध्यक्ष (सभामुख) ली चान्सुका लागि सुरक्षा व्यवस्था मिलाउन सडक खाली गरिरहेको प्रहरीले धर्ना दिन रोकेको हो।
विगत ४३ दिनदेखि निरन्तर धर्नामा रहेका पीडितलाई गत सोमबार प्रहरी रोक्न कीर्तिपुर पुगेको थियो। तर हिँडेरै धर्ना दिन माइतीघर आउन थालेपछि प्रहरीले उनीहरूमाथि आक्रमण गरेको थियो। ११ जना पक्राउ परेका थिए। यस्तै सोमबार माइतीघरमा धर्ना दिइरहेका ३० जनालाई प्रहरीले पक्राउ गरेर दिनभर राखी साँझमा छाडेको थियो।
बुधबार पनि निरन्तर धर्नाका क्रममा प्रहरीले धरकपड गरेको अभियन्ता सुर्जन तिवारीले बताए। ‘धर्नामा बसेका पीडितमाथि धरकपड गरी सबैलाई लिएर गएको छ,’ उनले भने।