शुक्रबार, वैशाख २१, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • नेकपा एसका पदाधिकारीको चुनावी क्षेत्रः कतै कांग्रेसले नछाड्ने, कतै माओवादीले

नेकपा एसका पदाधिकारीको चुनावी क्षेत्रः कतै कांग्रेसले नछाड्ने, कतै माओवादीले

तालमेलका लागि गठबन्धनसँग ४० सिटको दाबी गरिरहेको नेकपा एसले स्थानीय तह निर्वाचनको नतिजालाई महत्त्व नदिई कांग्रेस, माओवादीका बलिया किल्लामा आँखा लगाएको छ।
 |  बुधबार, भदौ २९, २०७९

काशीराम बजगाई

काशीराम बजगाई

बुधबार, भदौ २९, २०७९

काठमाडौं– ‘हामी इमानदार भएर भोट दिन्छौं, कांग्रेसले दिँदैन। कांग्रेसका नेता मिले कार्यकर्ताले इमानदारी देखाउँदैनन्।’ गत २१ साउनमा पोखरामा आयोजित समाजवादी प्रेस संगठन नेपालको कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एक्लै चुनाव लड्न नेता÷कार्यकर्तालाई तयार रहन आग्रह गर्दै गठबन्धनप्रति अविश्वास व्यक्त गरे। 

triton college

त्यसयता बारम्बार उनले एक्लै चुनाव लड्ने अवस्था आउन सक्ने भन्दै नेताहरूलाई तयार रहन निर्देशन दिँदै आएका छन्।

एमाले अध्यक्ष केपी ओलीले पार्टीमा एकाधिकार कायम गरेको भन्दै वरिष्ठ नेता नेपालले ५८ केन्द्रीय सदस्य लिई पार्टी फुटाए। २ भदौ २०७८ मा नेकपा (एकीकृत समाजवादी) केन्द्र निर्वाचन आयोगमा दर्ता भयो। पार्टी गठनको एक वर्ष चानचुन समय पहिलो पटक आगामी  ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेकपा एस सहभागी हुँदै छ। 

पाँच दलीय गठबन्धनअन्तर्गत सरकारमा सहभागी यो दल संसद्को चौथो ठूलो शक्ति हो, जससँग २३ सांसद छन्। तर यी २०७४ मा एमालेबाट जितेर आएका सांसद भएकाले ती क्षेत्रमा समाजवादीलाई आफ्नो प्रभुत्व कायम राख्नुपर्ने चुनौती पनि उत्तिकै छ। चुनावी तालमेलका लागि गठबन्धनसँग ४० सिटको दाबी गरिरहेका नेता नेपाल स्थानीय निर्वाचनपछि झस्किएका छन्। मागअनुसार सिट नपाउने पक्कापक्की भएपछि उनी बारम्बार एक्लै चुनाव लड्ने घुर्की लगाइरहेका छन्। 

तालमेलका लागि गठबन्धनसँग ४० सिटको दाबी गरिरहेको नेकपा एसले स्थानीय तह निर्वाचनको नतिजालाई महत्त्व नदिई कांग्रेस, माओवादीका बलिया किल्लामा आँखा लगाएको छ। 

सरकारमा सहभागी नेता नेपालको दल नेकपा एसले प्रत्यक्षमै ४० सिट दाबी गरिरहेको छ। जम्मा १६५ निर्वाचन क्षेत्र रहेकामा कांग्रेसको १०० र नेकपा माओवादीको ६० सिट दाबी यथावत छ। इता, उपेन्द्र यादवको जनता समाजवादी पार्टी (जसपा)ले ३५ सिट दाबी गरिरहेको छ। सोही कारण सिट बाँडफाँटका लागि पटक–पटक गठबन्धनको बैठक बसे पनि सहमति जुट्न सकेको छैन। 

corrent noodles
Metro Mart

सिट भागबन्डाको टुंगो नलागे पनि मंसिर नजिकिँदै जाँदा अन्य दलले चुनावी तयारी तीव्र पारेका छन्। नेकपा एसका अधिकांश केन्द्रीय पदाधिकारी पनि चुनावी दौडमा छन्, केही समानुपातिकतर्फ सिफारिस भएका छन्। तर गठबन्धनका कारण कतै कांग्रेस त कतै माओवादीले क्षेत्र नछाड्दा नेकपा एसका केन्द्रीय पदाधिकारीकै सिट सुरक्षित देखिँदैन।

केन्द्रीय पदाधिकारीमध्ये अध्यक्ष माधवकुमार नेपाल रौतहट–१ बाट चुनाव लड्ने तयारीमा छन्। उनको नाम रौतहट–१, ४ र काठमाडौं–२ बाट सिफारिस भएको छ। २०५६ को निर्वाचनमा रौतहट–२ र ४ दुवै क्षेत्रबाट निर्वाचित उनी ०६४ मा काठमाडौं–२ र रौतहट १ बाट उम्मेदवार बनेका थिए। तर दुवै ठाउँबाट पराजित भए।

२०७० मा उनी काठमाडौं–२ सहित रौतहट १ बाट निर्वाचित भएका थिए। काठमाडौं छाडे। तर २०७४ को स्थानीय निर्वाचनमा गृहनगर गौरसहित सबै स्थानीय तहमा तत्कालीन एमालेले हार बेहोरेपछि उनले पुनः काठमाडौं–२ रोजेका थिए। 

गत वैशाखको स्थानीय तह निर्वाचनमा रौतहटमा एमालेले २ नगर मात्रै जित्दा नेकपा एसले ४ पालिका हात पारेको छ।  काठमाडौं–२ मा भने कमजोर मत नेकपा एसले पाएको छ। सोही कारण स्थानीय निर्वाचनताका मत हाल्न गएका नेपाललाई ‘गो ब्याक माधव नेपाल’ भनेर स्थानीयले लखेटे पनि उनी रौतहट–१ मै फर्किंदै छन्। उनले रौतहट–१ बाट चुनाव लड्ने सार्वजनिक घोषणा गरिसकेका छन्।

प्रकाशित: Sep 14, 2022| 10:47 बुधबार, भदौ २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...