आइतबार, भदौ १४, २०८३

सुनचाँदीको मूल्य हालसम्मकै उच्च

 |  शुक्रबार, असोज ३१, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ३१, २०८२

काठमाडौं- सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ।

आज सुन प्रतितोला दुई लाख ५८ हजारमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यस्तै, चाँदी प्रतितोला रू तीन हजार ३५० मा किनबेच हुनेछ। बिहीबार सुन प्रतितोला रू दुई लाख ५० हजार ९०० र चाँदी प्रतितोला रू तीन हजार २७५ मा कारोबार भएको थियो।

अन्तरराष्ट्रिय बजारमा सुन आज प्रतिऔँस चार हजार ३६० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।

प्रकाशित: Oct 17, 2025| 12:07 शुक्रबार, असोज ३१, २०८२
प्रतिक्रिया दिनुहोस्