बिहीबार, असार ४, २०८३

सत्यनिरुपण विधेयकको सहमति खोज्न सात सदस्यीय कार्यदल गठन

संसद्को मानव अधिकार समितिको बैठकले कार्यदल गठन गरेको हो।
 |  बुधबार, भदौ २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २९, २०७९

काठमाडौं– सत्यनिरुपण तथा मेलमिलापसम्बन्धी विधेयकमा सहमति खोज्न सात सदस्यीय कार्यदल गठन भएको छ। संसद्को मानव अधिकार समितिको बैठकले कार्यदल गठन गरी ४ बजेसम्म छलफलमार्फत सहमति गर्न समय पाएको हो।

National life

कार्यदलमा एमालेबाट शेरबहादुर तामाङ र विमला विक, कांग्रेसबाट मीन विश्वकर्मा र अतहरकमाल मुसलमान, माओवादी केन्द्रबाट देव गुरुङ र वर्षमान पुन तथा लोसपाबाट लक्ष्मणलाल कर्ण सदस्य रहेका छन्।

समितिको पूर्ण बैठक अपराह्न ४ बजे बस्नेछ। त्यतिबेलासम्म मस्यौदामा सहमति जुटाउने मुख्य जिम्मेवारी कार्यदललाई तोकिएको छ। समितिबाट यो विधेयक पारित गरेर बुधबार नै प्रतिनिधिसभामा विधेयकको प्रतिवेदन पेस गर्ने सरकारको तयारी छ। 

एमालेले द्वन्द्वकालीन समयका हत्यालाई गम्भीर मानव अधिकार उल्लंघनभित्र राखेर परिभाषित गर्नुपर्ने अडान लिएपछि विधेयकमा सहमति जुट्न सकेको छैन।

प्रकाशित: Sep 14, 2022| 13:19 बुधबार, भदौ २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...