शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भक्तपुर र काभ्रेबाट गहना लुटपाटमा संलग्न गिरोह पक्राउ

भक्तपुर र काभ्रेबाट गहना लुटपाटमा संलग्न गिरोह पक्राउ

प्रहरीले भक्तपुर र काभ्रेबाट सुनका गहना लुटपाटमा संलग्न गिरोहलाई पक्राउ गरेको छ। भक्तपुर र काभ्रेका विभिन्न स्थानमा सुनका गहना लगाएका व्यक्तिलाई पिछा गरी एकान्तमा पारी गहना लुटपाट गरेको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको हो।
 |  बुधबार, भदौ २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २९, २०७९

भक्तपुर- प्रहरीले भक्तपुर र काभ्रेबाट सुनका गहना लुटपाटमा संलग्न गिरोहलाई पक्राउ गरेको छ। भक्तपुर र काभ्रेका विभिन्न स्थानमा सुनका गहना लगाएका व्यक्तिलाई पिछा गरी एकान्तमा पारी गहना लुटपाट गरेको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको हो।

National life

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका-९ ठेगाना भएका २२ वर्षीय बुद्ध तामाङ, उदयपुर त्रियुगा नगरपालिका-७ ठेगाना भएका २३ वर्षीय बिशाल राई, सिन्धुली मरिन गाउँपालिका-५ ठेगाना भएका २० वर्षीय आर्यन माझी, काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका-३ ठेगाना भएका २१ वर्षीय सुदिप भण्डारी, मोरङ शनिश्वरे नगरपालिका-८ ठेगाना भएका ४० वर्षीय चन्द्र बहादुर बिक र भारत महाराष्ट्र सिङ्ली घर भई काठमाडौं महानगरपालिका-७ बस्ने ३५ वर्षीय अमोल भोसले रहेका छन्। 

जिल्ला प्रहरी परिसर भक्तपुर र प्रहरी वृत्त ठिमिबाट खटिएको प्रहरीले लुटिएको सुन र लुटपाटमा प्रयोग गरिएको दुई वटा मोटरसाइकल सहित लुटपाटमा संलग्नमध्ये बुद्ध, बिशाल, आर्यन र सुदिपलाई पक्राउ गरेको हो। लुटिएको सुनको स्वरुप परिवर्तन गर्ने चन्द्र बहादुर र लुटिएको सुन किन्ने अमोललाई लुटिएको करिब दुई तोला सुनसहित काठमाडौं चाबहिलबाट पक्राउ गरेको हो। 

लुटपाटमा संलग्न अन्य व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: Sep 14, 2022| 12:34 बुधबार, भदौ २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।