सोमबार, असार १, २०८३

नेपाल-भारतबीच वार्ताका माध्यमबाट सीमा विवाद समाधान गर्ने सहमति

नेपाल र भारतबीचको सीमा विवाद वार्ताका माध्यमबाट समाधान गरिने सहमति भएको छ। नेपाल र भारतका सचिवबीच भएको द्विपक्षीय वार्ताका क्रममा उक्त सहमति भएको हो।
 |  बुधबार, भदौ २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २९, २०७९

काठमाडौं- नेपाल र भारतबीचको सीमा विवाद वार्ताका माध्यमबाट समाधान गरिने सहमति भएको छ। नेपाल र भारतका सचिवबीच भएको द्विपक्षीय वार्ताका क्रममा  उक्त सहमति भएको हो।

National life

सीमाको विषयलाई द्विपक्षीय स‌यन्त्रमार्फत आगामी चरणको बैठकबाट समाधान गरिने विषयमा पनि छलफल भएको भारतस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

परराष्ट्र सचिव भरतराज पौड्याल र उनका भारतीय समकक्षी विनयमोहन क्वात्राबीच नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा द्विपक्षीय भेटवार्ता तथा छलफल भएको हो।

व्यापार सन्धिलाई नवीकरण गर्न आवश्यक प्रक्रिया अघि बढाउने विषयमा समेत उनीहरूबीच छलफल भएको बताइएको छ। आगामी असोज ५ देखि ७ गतेसम्म काठमाडौमा नेपाल-भारत वाणिज्य सचिवस्तरीय बैठक बस्दै छ। 

प्रकाशित: Sep 14, 2022| 11:37 बुधबार, भदौ २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...