बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • सत्यनिरुपण तथा मेलमिलाप विधेयकको छिनोफानो गर्न पहिलोपल्ट संसदीय समितिमा हाजिर भए प्रचण्ड

सत्यनिरुपण तथा मेलमिलाप विधेयकको छिनोफानो गर्न पहिलोपल्ट संसदीय समितिमा हाजिर भए प्रचण्ड

विधेयकमा द्वन्द्वकालीन घटनाका हत्यालाई गम्भीर मानव अधिकार उल्लंघनभित्र राखेर परिभाषित गर्नुपर्ने एमाले अडान।
 |  बुधबार, भदौ २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २९, २०७९

काठमाडौं– सरकारले केही साताअघि प्रतिनिधिसभामा प्रस्तुत गरेको सत्यनिरुपण तथा मेलमिलापसम्बन्धी विधेयक प्रमुख प्रतिपक्षी एमालेको असन्तुष्टिपछि हालसम्म पारित हुन सकेको छैन। सत्तारुढ दलले द्वन्द्वपीडित र पिडक दुवैलाई न्याय मिल्ने गरी विधेयक ल्याइएको दाबी गर्दै आएका छन्। 

National life

प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा यो विधेयकबारे छलफल चलिरहेको छ। बुधबारको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिलोपल्ट सहभागिता जनाएका छन्।

समितिबाट विधेयक पारित गराएर बुधबार नै  प्रतिनिधिसभामा प्रतिवेदन पेस गर्ने सत्तारुढ दलहरूको तयारी छ। सोही कारण प्रतिनिधिसभाको बैठक पूर्वनिर्धारित समयभन्दा दुई घन्टा पछि सरेको छ।

विधेयकमा द्वन्द्वकालीन घटनाका हत्यालाई गम्भीर मानव अधिकार उल्लंघनभित्र राखेर परिभाषित गर्नुपर्ने एमाले अडान छ। एमालेको अडानअनुसार सहमति जुटाउन हत्याको प्रकृतिलाई वर्गीकरण गर्ने प्रस्ताव पनि आइरहेका छन्। प्रस्तावमा सहमति जुटाउन बुधबारको बैठकमा प्रचण्ड सहभागी भएका हुन्। प्रचण्ड कानुन समिति सदस्य पनि हुन्।

प्रकाशित: Sep 14, 2022| 12:39 बुधबार, भदौ २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...