शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौंसहित देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको ज्यान गएको छ। काठमाडौं कीर्तिपुर नगरपालिका-६ चोभार नजिक बा.८च ७१५० नम्बरको गाडीले बा.५९प २११० नम्बरको मोटरसाइकललाई मंगलबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक कीर्तिपुर नगरपालिका-६ चोभार बस्ने ४४ वर्षीय हरिष महर्जनको मृत्यु भएको छ।
 |  बुधबार, भदौ २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २९, २०७९

काठमाडौं- काठमाडौंसहित देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको ज्यान गएको छ। काठमाडौं कीर्तिपुर नगरपालिका-६ चोभार नजिक बा.८च ७१५० नम्बरको गाडीले बा.५९प २११० नम्बरको मोटरसाइकललाई मंगलबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक कीर्तिपुर नगरपालिका-६ चोभार बस्ने ४४ वर्षीय हरिष महर्जनको मृत्यु भएको छ। 

National life

दुर्घटनामा गम्भीर घाइते भएका उनको बयोधा अस्पताल बल्खुमा उपचारको क्रममा मृत्यु भएको हो।  गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। 

मोरङ, बुढिगंगा गाउँपालिका-३ शान्ति चोकमा प्र.१-०२-००२ च ४६९८ नम्बरको पिकअप भ्यानको ठक्करबाट  पैदलयात्री स्याङ्जा फेदीखोला गाउँपालिका-१ बस्ने ७० वर्षीय पदम बहादुर श्रेष्ठको मंगलबार साँझ मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको बिराट मेडिकल कलेज गंगाचोकमा उपचारको क्रममा मृत्यु भएको हो। भ्यानका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

पर्सा, वीरगंज महानगरपालिका-२५ अलौ स्थित सडकमा प्र.२-०३-०१२प.५६०९ नम्बरको मोटरसाइकललाई बा.२झ ४०१० नम्बरको एम्बुलेन्सले मंगलबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार सखुवाप्रसौनी गाउँपालिका-४ बस्ने ७० वर्षीय फजिल देवानको मृत्यु भएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको एनएस न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ। एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

नुवाकोट, बेलकोटगढी नगरपालिका-७ महादेवफाटमा गल्छीतर्फ जाँदै गरेको बा.३ख १६४ नम्बरको आईचर गाडीको ठक्करबाट सोही नगरपालिका-७ महादेवफाट बस्ने ५० वर्षीय वीरेन्द्र कुवँरको मंगलबार राति मृत्यु भएको छ।

सडक छेउमा बा.२० च ९४४२ नम्बरको कार रोकी चालक कुवँर बाहिर निस्किएको अवस्थामा गाडीले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो। साथै गाडीको ठक्करबाट घाइते भएका कारमा सवार १ जनालाई उपचारको लागि बिएण्डबी अस्पताल ललितपुर रिफर गरिएको छ। 

आईचर गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सोही विषयलाई लिएर स्थानीयबासीले गल्छी-त्रिशुली सडकखण्ड अवरोध गर्नुका साथै ठक्कर दिने गाडीमा आगजनी गर्दा गाडी पूर्णरुपमा क्षति भएको छ। 

रूपन्देही, सियारी गाउँपालिका-७ कनरीमा लु.६८प ९८४६ नम्बरको मोटरसाइकलको ठक्करबाट साईकलयात्री सोही गाउँपालिका-३ बोरहवा बस्ने ४५ वर्षीय दिप सिंह थारुको मंगलबार साँझ मृत्यु भएको छ। 

ठक्करबाट गम्भीर घाइते भएका उनको  भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालकलाई उपचारको लागि मेडिकल कलेज भैरहवातर्फ पठाइएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Sep 14, 2022| 12:40 बुधबार, भदौ २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।