सोमबार, असार १, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • महाभियोग सिफारिस समिति : चोलेन्द्रबाट आरोपित नेताहरूलाई क्लिन चिट, पूर्वन्यायाधीशलगायतसँग बयान लिइने

महाभियोग सिफारिस समिति : चोलेन्द्रबाट आरोपित नेताहरूलाई क्लिन चिट, पूर्वन्यायाधीशलगायतसँग बयान लिइने

चोलेन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेता माधवकुमार नेपाललगायतले राजनीतिक लाभका लागि आफूलाई निलम्बित गरेको दाबी गरे पनि सोधपुछका लागि नबोलाउने निर्णयमा पुग्यो समिति।
 |  बुधबार, भदौ २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २९, २०७९

काठमाडौं– निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि लागेका आरोप छानबिन गर्न गठित संसद्को महाभियोग सिफारिस समितिले राजनीतिक दलका नेताहरूबाहेकलाई बयानका लागि बोलाउने भएको छ।

National life

बुधबार बसेको समितिको बैठकले यस्तो निर्णय गरेको हो। मंगलबार निलम्बित प्रधानन्यायाधीश जबरालाई ४३ प्रश्न सोधेर बयान लिइसकेको समितिको बैठकले उनले नाम लिएका पूर्वन्यायाधीशलगायतसँग सोधपुछ गर्ने निर्णय गरेको छ।

समितिका ज्येष्ठ सदस्य रामबहादुर विष्टका अनुसार चोलेन्द्रले बयानका क्रममा नाम लिएका पूर्वन्यायाधीश, नेपाल बार, सर्वोच्च बार, वरिष्ठ अधिवक्ता र अधिवक्तालाई समितिमा बोलाउने निर्णय गरेको छ। समितिले उनीहरूलाई पत्राचार गर्ने निर्णय भएको समिति सदस्य विष्टले बताए।

चोलेन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेता माधवकुमार नेपाललगायतले राजनीतिक लाभका लागि आफूलाई निलम्बित गरेको दाबी गरेका छन्। तर राजनीतिक दलका शीर्ष नेताहरूलाई सोधपुछका लागि नबोलाउने निर्णय गरेको समिति सदस्य एवं कांग्रेस नेता मीन विश्वकर्माले जानकारी दिए। बुधबारको बैठक पुनः बिहीबार बस्ने गरी सकिएको छ।

प्रकाशित: Sep 14, 2022| 12:14 बुधबार, भदौ २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...