शनिबार, फागुन ३०, २०८२

बैतडीमा डेंगु र स्क्राब टाइफसको जोखिम

जिल्ला अस्पतालमा मात्रै साउनयता एक सय ४० जनामा स्क्राब टाइफस र १३ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको अस्पतालका हेल्थ असिन्टेन्ट हेमन्त खडायतले जानकारी दिए।
 |  बुधबार, भदौ २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २९, २०७९

बैतडी- बैतडीमा पछिल्लो समय डेंगु र स्क्राब टाइफसका बिरामी बढ्दै गएका छन्। जिल्ला अस्पतालमा मात्रै साउनयता एक सय ४० जनामा स्क्राब टाइफस र १३ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको अस्पतालका हेल्थ असिन्टेन्ट हेमन्त खडायतले जानकारी दिए। 

National life

जिल्ला अस्पतालमा मात्रै नभएर जिल्लाका अन्य स्वास्थ्य संस्थामा डेंगु र स्क्राब टाइफस संक्रमित फेला पर्न थालेका स्वास्थ्य कार्यालयले जनाएको छ। बिरामी भएर अस्पताल र स्वास्थ्य संस्थामा आएका व्यक्तिको परीक्षण गर्दा डेंगु र स्क्राब टाइफस देखापर्ने गरेको हो। परीक्षण नगराएका व्यक्तिमा समेत डेंगु र स्क्राब टाइफसको संक्रमण हुनसक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ। 

जिल्ला अस्पतालमा हाल दैनिकरूपमा डेंगु र स्क्राब टाइफसका बिरामी फेला पर्न थालेका अस्पतालका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए। डेंगु र स्क्राब टाइफस लक्षण देखिए समयमा नै अस्पतालमा जाँच गर्नुपर्ने र स्वास्थ्य संस्थामा जाँच गरेपछि मात्रै संक्रमण बारेमा जानकारी हुने उनको भनाइ छ। 

अस्पतालले ज्वरोका प्रत्येक बिरामीमा डेंगु र स्क्राब टाइफस छ कि छैन भनेर परीक्षण गरिरहेको अस्पतालका प्रमुख डा दीपेश श्रेष्ठले बताए। उनले भने, ‘केही संक्रमितलाई अस्पतालमा भर्ना नै गरेर उपचार गर्नुपर्ने अवस्था छ, दैनिकरूपमा नै देखिनुले यसको जोखिम निकै बढी देखिएको छ, यसबाट बच्न जरुरी छ।’

पछिल्लो समय दिनप्रतिदिन यहाँ डेंगु र स्क्राब टाइफसका बिरामी देखिन थालेपछि यस जोखिम पनि बढ्दै गएको छ। अहिले गाउँगाउँमा ज्वरोका बिरामी रहेकाले तीमध्ये कसैलाई डेंगु र स्क्राब टाइफससमेत हुनक्ने भएकाले परीक्षण गर्न भनिएको छ।

Laxmi sunrise bank
kumari

वर्षात्मा पानीका मुहान सफा नहुँदा पानीजन्य रोग देखापर्ने गरेको स्वास्थ्यकर्मीले बताएका छन्। यो समयमा किर्नालगायतका किराले टोक्ने भएकाले स्क्राब टाइफसका बिरामी पनि देखिने गरेका हुन्। पशुचौपाया घुलमिल हुँदा किर्नाले टोक्ने त्यसपछि स्क्राब टाइफस देखिने गरेको र स्क्राब टाइफसले ज्यानै लिन सक्छ।

‘माइट’ नामक किर्ना र भुसुनाको टोकाइबाट स्क्राब टाइफस हुने भएकाले सावधानी अपनाउन स्वास्थ्यकर्मीले आग्रह गरेका छन्। साथै एडिज जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा डेंगु रोग सर्छ। मानिसलाई उच्च ज्वरो आउने, आँखा रातो हुनु, खोकी, वान्ता, पेट दुखाइ र पखाला सताउनु, सास फेर्न समस्या हुनु धेरै टाउको दुख्नु जोर्नी र मांसपेशी दुख्नु, बिमिरा देखिनु, टोकेको ठाउँमा कहिलेकाहीँ कालो दागजस्ता लक्षण देखिने गर्दछ। 

यसैबीच स्वास्थ्य कार्यालयले डेङ्गु र स्क्राब टाइफसका बिरामी बढ्दै गएपछि सचेतनामूलक र सरसफाइ अभियान सञ्चालन गरेको छ। डेंगु संक्रमण फैलाउने लामखुट्टेको लार्भा भेटिएकाले सदरमुकाम क्षेत्रका पानी जम्ने ठाउँ पहिचान गरेर सरसफाइ अभियानका साथै सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए।   -रासस

प्रकाशित: Sep 14, 2022| 11:14 बुधबार, भदौ २९, २०७९
प्रतिक्रिया दिनुहोस्