जनमैत्री अस्पतालले बिना पूर्वाधार बिरामी भर्ना गरेको, स्वास्थ्य मन्त्रालयसँगको सम्झौताविपरीत चर्को शुल्क असुलेको र उपचारमा समेत लापरबाही गरेको विषयमा स्वास्थ्य मन्त्रालयका अधिकारीहरुसँग बुझ्दा आफूहरुलाई थाहा नभएको बताए।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग जनता समाजवादी पार्टी (जसपा) ले प्रधानमन्त्री केपी ओलीबारे आफ्नो पार्टी तटस्थ बस्ने प्रस्ताव राखेकाे छ।
उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोभ्याक्स सुविधाअन्तर्गत नेपालले पाउने कोभिड-१९ विरुद्धको खोप यथाशक्य छिटो उपलब्ध गराइदिन संयुक्त राष्ट्रसंघलाई अनुरोध गरेका छन्।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर तथा वरिष्ठ नेता राजेन्द्र महतो कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न उनको निवास बूढानीलकण्ठ पुगेका छन् ।