काठमाडौं - जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर तथा वरिष्ठ नेता राजेन्द्र महतो कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न उनको निवास बूढानीलकण्ठ पुगेका छन् ।
प्रधानमन्त्री केपी शर्मा अोलीले भोलि सदनमा लिने विश्वासको मतमा समर्थन जुटाउन ठाकुर महतो समेतलाई लिएर बूढानीलकण्ठ पुगेको जसपा पार्टीका एक नेताले बताए।
प्रधानमन्त्री ओलीको विश्वास मतको पक्षमा रहेका अध्यक्ष ठाकुर छन्। जसपाकै बाबुराम भट्टराई र उपेन्द्र यादव ओलीलाई विश्वासको मत दिन नहुनेमा छन्।