काठमाडाैं - उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोभ्याक्स सुविधाअन्तर्गत नेपालले पाउने कोभिड-१९ विरुद्धको खोप यथाशक्य छिटो उपलब्ध गराइदिन संयुक्त राष्ट्रसंघलाई अनुरोध गरेका छन्।
नेपालस्थित संयुक्त राष्ट्र संघीय आवासीय संयोजक सारा बेस्लो न्यान्तीसँग भएको टेलिफोन संवादमा पोखरेलले विश्व स्वास्थ्य संगठनबाट पाउने कोभ्याक्सअन्तर्गतको खोप साथै अन्य स्वास्थ्य सामग्रीका विषयमा सहजीकरण गर्न अनुरोध गरेका हुन्।
पोखरलेले भेन्टिलेटर, पी.पी.ई., अक्सिजन सिलिण्डर, अक्सिजन कन्सेन्ट्रेटर, मोबाइल अक्सिजन प्लान्ट, औषधि र खोपसँग सम्बन्धित सामग्री, अस्थायी अस्पताल स्थापनाका लागि पूर्वाधार र विज्ञ जनशक्ति विषयमा नेपालको अपेक्षासहित सहजीकरणका लागि आग्रह गरेका हुन्।