काठमाडौं - जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर तथा वरिष्ठ नेता राजेन्द्र महतो कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर बालुवाटार पुगेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न उनीहरू बालुवाटार पुगेका हुन्। बालुवाटारमा पौने ११ बजेदेखि उनीहरूले ओलीसँग छलफल गरिरहेका छन्।
उनीहरू प्रधानमन्त्री अोलीले भोलि सदनमा लिने विश्वासको मतमा समर्थन जुटाउन देउवा निवास बूढानीलकण्ठ पुगेका थिए।
देउवासँग उनीहरूले करिब डेढ घन्टा छलफल गरेका थिए।
प्रधानमन्त्री ओलीको विश्वास मतको पक्षमा अध्यक्ष ठाकुर र महताे छन्। जसपाकै बाबुराम भट्टराई र उपेन्द्र यादव ओलीलाई विश्वासको मत दिन नहुनेमा छन्।