बिहीबार, भदौ ११, २०८३

कर्णालीमा कोरोनाबाट हालसम्म ८२ को मृत्यु

कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ८२ पुगेको छ।
 |  आइतबार, वैशाख २६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २६, २०७८

नेपालगन्ज - कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ८२ पुगेको छ। नयाँ वर्षको सुरुआतसँगै फैलिएको दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमणको मृत्युदर बढ्दै गएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ। 

दोस्रो लहरको हालसम्मको अवधिमा मृत्यु हुनेको संख्या पहिलो लहरको भन्दा दुई गुना बढी हो। गत वर्ष जेठदेखि चैतसम्म कर्णालीमा ४० संक्रमितको मृत्यु भएको थियो भने दोस्रो लहरको सुरुआतमै यो संख्या बढेर ८२ पुगेको हो।

निर्देशनालयका अनुसार हालसम्म एक लाख दुई हजार ९९३ जनामा आरटी पीसीआर परीक्षण गरेकामध्ये १० हजार ६३३ जनामा कोरोना पुष्टि भएको छ। 

त्यस्तै एन्टिजेन विधिबाट गरिएको परीक्षण १० हजार २०६ मध्ये एक हजार ९८२ जनामा कोरोना संक्रमण देखिएको छ। संक्रमित भएकामध्ये आठ हजार ४४ जना विभिन्न आइसोलेशन तथा अस्पतालबाट निको भएर डिस्चार्ज भएसँगै कर्णालीमा अब सक्रिय संक्रमित तीन हजार ८१८ जना रहेका छन्। रासस

प्रकाशित: May 09, 2021| 07:42 आइतबार, वैशाख २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।