बिहीबार, भदौ ११, २०८३

‘हामी थाक्यौं होला, भाइरस अझै थाकेको छैन’

‘हाम्रा स्वास्थ्य प्रणालीहरू अधिकतम क्षमतामा सञ्चालन हुनुपर्ने अवस्था आई अझै धेरै मानिसको ज्यान जान सक्ने सम्भावना बढेको छ।’  
 |  आइतबार, वैशाख २६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २६, २०७८

काठमाडौं– दक्षिण एसियामा प्रत्येक १० जनामध्ये एक जनाले मात्र कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। त्यसैले पनि कोरोना महामारी अझैं अनियन्त्रित हुन सक्ने चेतावनी युनिसेफले दिएको छ।

दक्षिण एसियाका लागि युनिसेफका क्षेत्रीय निर्देशक जर्ज लारिया एडजेईद्वाले भनेका छन्, 'दक्षिण एसियामा धेरै कम मानिसहरूले मात्रै खोप लगाउने अवसर प्राप्त गरेका हुनाले भाइरस अझै अनियन्त्रित ढंगले फैलिने सम्भावना अत्यन्तै बढी छ।’

माल्दिभ्स र भुटानबाहेक यस क्षेत्रका अन्य देशमा हालसम्म  प्रत्येक १० जनामा १ जना भन्दा कमको दरले खोप  लगाएको युनिसेफको तथ्यांक छ। उनले दक्षिण एसियामा अहिले हामीले देखिरहेका दृश्य यसअघि कहिल्यै नदेखेको बताएका छन्। यस क्षेत्रमा मेडिकल अक्सिजनको चरम अभाव छ। थकित स्वास्थ्यकर्मी  आफैं बिरामी भइरहेका छन्।

उनले भनेका छन्, ‘हाम्रा स्वास्थ्य प्रणालीहरू अधिकतम क्षमतामा सञ्चालन हुनुपर्ने अवस्था आई अझै धेरै मानिसको ज्यान जान सक्ने सम्भावना बढेको छ।’  

उनले संकट रोक्न सशक्त नेतृत्वका साथ तत्काल कदम चाल्नु अत्यन्तै आवश्यक रहेको बताए। उनले भने, ‘थप क्षति हुनबाट जोगाउन सरकारहरूले आफ्नो सम्पूर्ण शक्ति लगाएर काम गर्नु, सहायता प्रदान गर्न सक्ने विकास साझेदारहरूले तुरून्तै सहायता पठाउनु र अन्तर्राष्ट्रिय समुदायले तत्काल कदम चाल्नु अत्यन्तै महत्त्वपूर्ण छ।’

युनिसेफले दक्षिण एसियामा पछिल्लो पटक देखिएको घातक संक्रमण रोक्न नसकिए विश्वले महामारी नियन्त्रणमा प्राप्त गरेका उपलब्धि गुम्ने सम्भावना रहेको चेतावनी दिएको छ। 

युनिसेफकाे विज्ञप्तिमा भनिएको छ, ‘हामीले आफ्नो व्यक्तिगत जिम्मेवारीलाई पनि नभुलौं। हामीले लिने प्रत्येक निर्णयले संक्रमण वृद्धिको यस क्रमलाई उल्ट्याउने वा  हाम्रो वरिपरिका मानिसको जीवनलाई खतरामा पार्ने सम्भावना रहन्छ। हामी थाक्यौं होला, तर भाइरस अझै थाकेको छैन।’

मास्क लगाउने, सकेसम्म धेरै पटक साबुनपानीले हात धुने, भौतिक दूरी कायम राख्ने तथा आफ्नो पालो आएपछि खोप लगाइहाल्न प्रतिबद्व हुनु जरुरी रहेको युनिसेफको आग्रह छ।

जनस्वाथ्य संकटविरूद्व प्रतिकार्य गर्ने क्रममा बालबालिकामा  पारिरहेको गम्भीर असरलाई नबिर्सन पनि युनिसेफल आग्रह गरेको छ। 

महामारीको पहिलो लहरले दक्षिण एसियामा अत्यावश्यक सार्वजनिक स्वास्थ्य सेवा प्रवाहमा कटौती निम्त्याउनुका साथै करिब २२८,००० बालबालिका तथा ११,००० आमाको मृत्यु भएको थियो। विज्ञप्तिमा उल्लेख छ, ‘भाइरस संक्रमणले कुनै सिमाना नचिन्ने हुनाले यसले निम्त्याउने क्षति रोक्दै हाम्रा बालबालिकालाई सुरक्षित राख्न विश्व नै एक भएर लाग्नुपर्दछ।’

प्रकाशित: May 09, 2021| 08:22 आइतबार, वैशाख २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।