बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गण्डकीमा अहिलेसम्मकै धेरै ११ संक्रमितले ज्यान गुमाए

गण्डकीमा अहिलेसम्मकै धेरै ११ संक्रमितले ज्यान गुमाए

गण्डकी प्रदेशमा कोभिड १९ का कारण पछिल्लो २४ घण्टामा ११ जनाले ज्यान गुमाएका छन्।
 |  आइतबार, वैशाख २६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २६, २०७८

पोखरा - गण्डकी प्रदेशमा कोभिड १९ का कारण पछिल्लो २४ घण्टामा ११ जनाले ज्यान गुमाएका छन्। कोरोनाबाट गण्डकीमा एकै दिन ज्यान गुमाउने यो नै अहिलेसम्मको धेरै संख्या हो। 

प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्ति अनुसार कास्कीका मात्रै ६ जनाले ज्यान गुमाएका छन्। त्यस्तै स्याङ्जाका २, म्याग्दी, पर्वत र रुपन्देहीका १/१ जनाले ज्यान गुमाएका छन्।

ज्यान गुमाउने ३१ देखि ६० वर्ष उमेर समूहका छन्। मृत्यु हुने ३१ वर्षीया युवती पोखरा महानगरपालिका ९ निवासी रहेको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले बताए। 

हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट २  सय ६२ जनाले ज्यान गुमाइसकेका छन्।

प्रकाशित: May 09, 2021| 05:50 आइतबार, वैशाख २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।