काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठक संसद् भवन नयाँ बानेश्वरमा जारी छ।
आजको बैठकका ३ एजेन्डा छन्– बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन, कोभिड–१९ संक्रमित र पीसीआर परीक्षण नगरेका सदस्यहरुको उपस्थिति र मतदान र अन्य।
प्रतिनिधि सभाको विशेष अधिवेशन सोमबार दिउँसो १ बजेका लागि आह्वान गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि अधिवेशन बोलाइएको हो।
बैठकअघि सांसदहरुको पीसीआर परीक्षण गरिएकोमा २८ जना संक्रमित भेटिएका छन्।