बिहीबार, भदौ ११, २०८३

मोरङमा चार काेराेना संक्रमितको मृत्यु

मोरङमा आइतबार बिहान चार काेराेना संक्रमितको मृत्यु भएको छ।
 |  आइतबार, वैशाख २६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २६, २०७८

विराटनगर - मोरङमा आइतबार बिहान चार काेराेना संक्रमितको मृत्यु भएको छ। नोबेल शिक्षण अस्पताल विराटनगरमा एक महिलासहित तीनजना र विराट शिक्षण अस्पताल बुढीगंगामा एक महिलाको मृत्यु भएको हो। 

नोबेलमा सुनसरीको धरान-१७ का ६६ वर्षीय वृद्ध पुरुषको मृत्यु भएको छ। अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार उपचाररत अवस्थामै संक्रमित पुरुषको बिहान साढे २ बजेतिर मृत्यु भएको हो ।  

विराटनगर महानगरपालिका-१ का ७६ वर्षीय पुरुषको मृत्यु भएको छ। नोबेलका प्रबन्धक दाहालका अनुसार बिहान साढे ३ बजेतिर वृद्ध पुरुषको मृत्यु भयो।

सिरहाको कल्यापुर-४ की ३८ वर्षीया महिलाको पनि मृत्यु भएको छ। कोरोना पुष्टि भएपछि वैशाख २५ गते उपचारका लागि नोबेलमा भर्ना गरिएको थियो। उनको मृत्यु बिहान ७ बजेतिर भएको उनले बताए। 

विराटमा उपचाररत सुनसरीको इटहरी-८ की ५४ वर्षीया महिलाको  बिहान १ः२० बजेतिर मृत्यु भएको छ। विराटका कोभिड अस्पताल इन्चार्ज सुनिल देवका अनुसार कोरोना पुष्टि भएपछि उपचारका लागि महिलालाई वैशाख २४ गते अस्पताल भर्ना गरिएको थियो। रासस

प्रकाशित: May 09, 2021| 03:47 आइतबार, वैशाख २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।