मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एनआरएनएले दुई करोडका स्वास्थ्य सामग्री नेपाल पठाउने

एनआरएनएले दुई करोडका स्वास्थ्य सामग्री नेपाल पठाउने

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले तत्काल करिब २ करोड रुपैयाँबराबरको स्वास्थ्य सामग्री नेपाल पठाउने निर्णय गरेको छ। 
 |  आइतबार, वैशाख २६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २६, २०७८

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए) ले तत्काल करिब २ करोड रुपैयाँबराबरको स्वास्थ्य सामग्री नेपाल पठाउने निर्णय गरेको छ। 

संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा शुक्रवार बसेको आकस्मिक बैठकले नेपालमा दिनहुँ बढ्दै गइरहेको कोरोना भाइरसविरुद्ध लड्दै गरेका बिरामीहरुका लागि १ सयवटा अक्सिजन कन्सन्ट्रेटर  पठाउने निर्णय गरेको हो।

बैठकमा गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सञ्जिव सापकोटाले नेपालमा कोभिड १९ विरुद्ध लड्नको लागि तत्काल अक्सिजन सिलिन्डर लगायतको समस्या रहेको बताउँदै अल्पकालिन तथा दिर्घकालीन योजनासहित अघिबढ्नु पर्ने सुझाव दिए।

अध्यक्ष पन्तले सरकारको तर्फबाट स्वास्थ्य उपचारमा पहल हुँदाहुँदै पनि कोरोना भाइरस तिब्र रुपमा बढि रहँदा विरामीहरुले अस्पतालमा बेड समेत नपाउने अवस्था रहेको जानकारी दिए। गैरआवासीय नेपाली संघ अमेरिकाका महासचिव पशुपति पाण्डेले एनआरएनए अमेरिकाको सक्रियतामा १५ हजार डलर खर्चिएर जनकपुरमा आइसोलेसन केन्द्र स्थापना गर्न लागिएको जानकारी दिए। बेलायतकी अध्यक्ष पुनम गुरुङले बेलायत सरकारलाई खोप उपलब्ध गराइदिन आग्रह गरिएको जानकारी दिइन्।
 

प्रकाशित: May 09, 2021| 07:46 आइतबार, वैशाख २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।