बिहीबार, भदौ ११, २०८३

मोरङको रंगेलीमा चट्याङले युवाको मृत्यु

हावाहुरी र वर्षासँगै परेको चट्याङले आइतबार मोरङको रंगेलीमा एक युवाको मृत्यु भएको  छ। जहदामा एकै परिवारका श्रीमान र श्रीमती घाइते भएका छन्। 
 |  आइतबार, वैशाख २६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २६, २०७८

विराटनगर– हावाहुरी र वर्षासँगै परेको चट्याङले आइतबार मोरङको रंगेलीमा एक युवाको मृत्यु भएको  छ। जहदामा एकै परिवारका श्रीमान र श्रीमती घाइते भएका छन्। 

मृत्यु हुनेमा रंगेली नगरपालिका–१ का ३० वर्षीय प्रवीन माझी छन्। बारीमा काम गरिरहेका बेला बिहान पौने ९ बजेतिर परेको चट्याङले लागेर उनी गम्भीर घाइते भएका थिए। उपचारका लागि रंगेली अस्पताल पुर्याउनसाथ मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ।  

जहदा गाउँपालिका–६ पोखरीयामा चट्याङले लागेर घरमा बसिरहेका श्रीमान्–श्रीमती घाइते भएका छन्। बिहान ९ बजेतिर परेको चट्याङले लागेर ४५ वर्षीय मुक्तर मिया अन्सारी र उनकी श्रीमती जननारा खातुन घाइते भएका हुन्। 

घरमा बसिरहेका बेला चट्याङले लागेर दुवै जना घाइते भएको प्रहरीले जनाएको छ। उनीहरुको विराटनगरस्थित कोसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।  
 

प्रकाशित: May 09, 2021| 07:54 आइतबार, वैशाख २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।