बुधबार, भदौ १०, २०८३

समाज

अक्सिजन अभावमा व्याकुल छ ट्रमा सेन्टर

अहिले ट्रमा सेन्टरमा कोभिड-१९ का बिरामीका लागि प्रतिघण्टा १५ देखि २० वटा सिलिण्डर आवश्यक पर्छ। तर, सीसीएमसीले दैनिक जम्मा १०० सिलिण्डरको कोटा तोकिदिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ३०, २०७८

केपी ओली पुनः चतुर सावित भए : डा. भट्टराई

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वैकल्पिक सरकार दिन प्रतिपक्षी दलहरु चुक्नु विडम्बनापूर्ण भएको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ३०, २०७८

रुपन्देहीमा एकैदिन १८ जनाको मृत्यु

कोरोनाको हटस्पट बनेको रुपन्देहीमा पछिल्लो २४ घन्टामा १८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ३०, २०७८

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष गैरेको कोरोनाबाट मृत्यु

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णुप्रसाद गैरेको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ३०, २०७८

कर्णालीमा मन्त्रीहरुको शपथ रोकियो : कांग्रेसले भन्यो, अब जे पनि हुनसक्छ

बुधबार नियुक्त भएका आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्मा, आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुदमन्त्री बिन्दमान बिष्ट र जलस्रोत तथा उर्जा विकासमन्त्रीमा सीताकुमारी नेपालीको शपथ रोकिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ३०, २०७८

ठाकुर र महतो ओलीसँग छलफल गर्न बालुवाटारमा

जनता समाजवादीका नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतो केही बेरअघि प्रधानमन्त्री निवास बालुवाटारमा प्रवेश गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ३०, २०७८

घरमा भएका सिलिण्डर उपलब्ध गराउन गृहको आग्रह

गृहमन्त्रालयले घरमा भएका अक्सिजनका सिलिण्डरहरु उपलब्ध गराउन अनुरोध गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ३०, २०७८

चारवटा एकीकृत आइसोलेसन केन्द्र बनाउन उपत्यका मेयर फोरमको प्रस्ताव

उपत्यका मेयर फोरमले उपत्यकामा ४ वटा एकीकृत आइसोलेसन बनाउन प्रस्ताव गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ३०, २०७८

कांग्रेस पदाधिकारी बैठकको निष्कर्ष : सरकारको नेतृत्व दाबी गर्ने अवस्था रहेन

नेपाली कांग्रेसको पदाधिकारी बैठकले सरकारको नेतृत्व दाबी गर्ने अवस्था नरहेको निष्कर्ष निकालेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ३०, २०७८

विपक्षीको बहुमत पुगेन, फेरि ओली नै प्रधानमन्त्री

बहुमत नपुग्ने भएपछि कांग्रेस र माओवादी दुवै पछि हटेका छन्। जसपाले दाबी गर्ने सम्भावना छैन किनकी पार्टीभित्रै चरम विवाद छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ३०, २०७८

कोरोनाबाट १८ घण्टाको अन्तरमा आमाछोराको मृत्यु

विराटनगरमा एकै परिवारका दुई जनाको १८ घण्टाको फरकमा मृत्यु भएको छ। आमाको मृत्यु भएको १८ घण्टापछि छोराको पनि कोरोना संक्रमणबाट ज्यान गएको हो।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ३०, २०७८

एमालेभित्रको शक्ति संघर्ष मत्थर, कार्यदल बनाएर विवाद सुल्झाउन ओली–नेपाल सहमत

नेकपा एमाले विभाजन तत्कालका लागि टरेको छ। गत फागुन २३ मा सर्वोच्च अदालतले पूर्ववत् रुपमा नै फर्काए पनि अध्यक्ष केपी ओली एकलौटी रुपमा अघि बढेको भन्दै असन्तुष्ट बनेको एमालेको माधव...
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ३०, २०७८

पदाधिकारी बैठकमा देउवाले भने– बहुमत नपुग्ने भो

सरकार गठनका लागि कस्सिएका नेपाली कांग्रेसका सभापति बहुमत नपुग्ने ब्रिफिङ पदाधिकारी बैठकमा गरेका छन्। आफ्नो निवासमा जारी बैठकमा उनले आफू नेतृत्वको सरकार गठनका लागि बहुमतको सम्भावना नदेखिएको बताएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ३०, २०७८

निजी अस्पतालले भने– १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न सक्दैनौं

सरकारले १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न दिएको निर्देशनलाई ‘हावादारी निर्णय’ भन्दै निजी अस्पतालले जडान गर्न नसक्ने स्पष्ट पारेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ३०, २०७८

आन्तरिक उडान अनिश्चितकालका लागि बन्द

नेपाल नागरिक उड्डयन प्राधिकरणले बिहीबार एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्म आन्तरिक उडानमा लगाइएको रोक यथावत् रहने जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ३०, २०७८

३० देखि ३९ उमेर समूहका २ हजार ६१ जना संक्रमित

पछिल्लो २४ घण्टामा कोरोना संक्रमण हुनेमध्ये सबैभन्दा धेरै ३० देखि ३९ वर्ष उमेर समूहका छन्।  
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ३०, २०७८

ओलीसँग चार घण्टा बसेपछि नेपालले भने– मिल्ने दिशामा अघि बढेको छ

करिब चार घन्टा लामो वार्तापछि संक्षिप्त प्रतिक्रिया दिँदै नेता नेपालले मिल्ने दिशामा अघि बढेको प्रतिक्रिया दिए।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ३०, २०७८

८,६६० जना संक्रमित थपिए, २१४ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ८ हजार ९६० जना कोरोना संक्रमित पुष्टि भएका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ३०, २०७८

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ। पार्टी कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो। 
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ३०, २०७८

प्रदेश २ : माओवादीको रिक्त समानुपातिक प्रदेशसभा सदस्यमा कादरी मनोनित

प्रदेश २ मा नेकपा माओवादी केन्द्रको रिक्त रहेको सामनुपातिक प्रदेशसभा सदस्यमा पस्मिना कादरी मनोनित भएका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ३०, २०७८