काठमाडौं– जनता समाजवादीका नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतो केही बेरअघि प्रधानमन्त्री निवास बालुवाटारमा प्रवेश गरेका छन्। नेताद्वय प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी ओलीसँग छलफल गर्न बालुवाटार गएका हुन्।
विपक्षी गठबन्धनले सरकारमा दाबी नगर्ने निर्णयपछि ओलीसँग छलफल गर्न महन्थ र राजेन्द्र बालुवाटार पुगेका हुन्।