बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश २ : माओवादीको रिक्त समानुपातिक प्रदेशसभा सदस्यमा कादरी मनोनित

प्रदेश २ : माओवादीको रिक्त समानुपातिक प्रदेशसभा सदस्यमा कादरी मनोनित

प्रदेश २ मा नेकपा माओवादी केन्द्रको रिक्त रहेको सामनुपातिक प्रदेशसभा सदस्यमा पस्मिना कादरी मनोनित भएका छन्। 
 |  बिहीबार, वैशाख ३०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ३०, २०७८

जनकपुरधाम- प्रदेश २ मा नेकपा माओवादी केन्द्रको रिक्त रहेको सामनुपातिक प्रदेशसभा सदस्यमा पस्मिना कादरी मनोनित भएका छन्। 

माओवादी केन्द्रको एक जना मुस्लिम कोटाका समानुपातिक प्रदेशसभा सदस्य नेकपा एमालेमा लागेपछि कारबाहीस्वरुप पदमुक्त गरेको थियो। रिक्त रहेको सो पदमा कादरीलाई मनोनित गरिएको माओवादी केन्द्र प्रदेश २ का संसदीय दलका नेता भरतप्रसाद साहले जानकारी दिए। 

उनलाई मोहम्मद समीरको स्थानमा प्रदेशसभा सदस्य पदमा मनोनित गरिएको साहले बताए। 

मनोनित भएकी प्रदेशसभा सदस्यले आजै प्रदेशसभा सदस्य पथको शपथ ग्रहणसमेत गरेकी हुन्। मनोनित भएकी कादरीलाई प्रदेश २ को प्रदेशसभाका सभामुख सरोजकुमार यादवले सपथ ग्रहण। प्रदेशसभा सदस्य समीरलाई पदमुक्त गरेको १ महिनापछि कादरीलाई मनोनित गरिएको हो। 

पर्सा जिल्लाकी कादरी अखिल नेपाल महिला संघ क्रान्तिकारीकी नेतृ हुन्। सर्वोच्च अदालतको फैसलापछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलगअलग भएपछि माओवादी केन्द्रका ४ जना प्रदेशसभा सदस्य नेकपा एमालेमा लागेका थिए।

नेकपा एमालेमा लागेको भन्दै माओवादी केन्द्रले रामचन्द्र मण्डल, ज्वाला साह, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समीरलाई पदमुक्त गरेका थिए। समीर अतिरिक्त बाँकी ३ जना प्रदेशसभा सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।

प्रकाशित: May 13, 2021| 12:02 बिहीबार, वैशाख ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।