बुधबार, भदौ १०, २०८३

केपी ओली पुनः चतुर सावित भए : डा. भट्टराई

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वैकल्पिक सरकार दिन प्रतिपक्षी दलहरु चुक्नु विडम्बनापूर्ण भएको बताएका छन्।
 |  बिहीबार, वैशाख ३०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ३०, २०७८

काठमाडौं– जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वैकल्पिक सरकार दिन प्रतिपक्षी दलहरु चुक्नु विडम्बनापूर्ण भएको बताएका छन्।

राष्ट्रपतिले दिएको समयसीमाभित्र विपक्षी गठबन्धनले बहुमत पुर्याउन नसकेपछि अहिले साँझ ट्विट गर्दै भट्टराईले भनेका छन्, ‘जनतालाई कोरोना आतंकबाट राहत दिन सक्ने वैकल्पिक सरकार दिन प्रतिपक्षी दलहरू चुक्नु विडम्बनापूर्ण भएको छ।  सिद्धान्तहीनता, खुराफात, किनेबचमा पतन भएको नेपाली राजनीतिमा ओली पुनः चतुर सावित भएका छन्।अदालत, संसद्, मिडिया, आम जनताले तिरस्कार गरेका ओलीको विकल्प खोज्नैपर्छ। सबैले आत्मसमीक्षा गरौं।’

आज दिनभरको दौडधुपका बाबजुद पनि कांग्रेस, माओवादी र जसपाले १३६ जना सांसद जुटाउन नसकेपछि फेरि केपी ओली नै प्रधानमन्त्री हुने भएका छन्। 

सरकार निर्माणका लागि निर्णायक मानिएको बाबुरामकै पार्टी जसपा आन्तरिक विवादमा फसेको छ। 

विपक्षीको बहुमत पुगेन, फेरि ओली नै प्रधानमन्त्री

 

प्रकाशित: May 13, 2021| 14:31 बिहीबार, वैशाख ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।