काठमाडौं- नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ। पार्टी कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेर फर्किएलगत्तै अध्यक्ष पुष्पकमल दाहालले स्थायी कमिटी बैठक बोलाएका हुन्।
बैठकमा बहुमतको सरकार दाबी गर्ने विषयमा आवश्यक छलफल हुनेछ। सरकार गठनका लागि भएका प्रयास र पछिल्लो परिस्थितिका बारेमा पनि बैठकमा छलफल हुने बताइएको छ।
बैठकमा उपत्यकामा उपलब्ध स्थायी कमिटीका सदस्यहरु सहभागी छन्।