बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चारवटा एकीकृत आइसोलेसन केन्द्र बनाउन उपत्यका मेयर फोरमको प्रस्ताव

चारवटा एकीकृत आइसोलेसन केन्द्र बनाउन उपत्यका मेयर फोरमको प्रस्ताव

उपत्यका मेयर फोरमले उपत्यकामा ४ वटा एकीकृत आइसोलेसन बनाउन प्रस्ताव गरेको छ।
 |  बिहीबार, वैशाख ३०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ३०, २०७८

काठमाडौं- उपत्यका मेयर फोरमले उपत्यकामा ४ वटा एकीकृत आइसोलेसन बनाउन प्रस्ताव गरेको छ।

सीसीएमसीका संयोजकसमेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग बिहीबार दिउँसो भएको बैठकमा फोरमले यस्तो प्रस्ताव राखेको हो। बैठकमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्धको लडाइँमा सरकारलाई साथ दिन काठमाडौं उपत्यका मेयर फोरमलाई आग्रह गरेका थिए।

सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा मेयर फोरमका पदाधिकारीहरुसँग उपप्रधानमन्त्री पोखरेलले कोरोनाविरुद्धको लडाइँमा संघीय सरकारले चालेका कदमलाई कार्यान्वयन गर्ने गरी जनताको जीवन रक्षामा जुट्न आग्रह गरे।

राज्यका सबै तहको एकीकृत प्रयास र नागरिकको सकारात्मक सहयोगबाट मात्रै यो लडाइँमा सफलता मिल्ने उनले बताए। बैठकमा उपत्यका मेयर फोरमका अध्यक्ष एवं काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, मेयर फोरमका उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन तथा मेयर फोरमका सचिव मध्यपुर थिमी नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठ सहभागी थिए।

यसैगरी, अक्सिजनको आपूर्तिमा अहिले देखिएको समस्या समाधानका लागि मेयर फोरमले पहलकदमी लिने भएको छ।

प्रकाशित: May 13, 2021| 13:33 बिहीबार, वैशाख ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।