बुधबार, भदौ १०, २०८३

घरमा भएका सिलिण्डर उपलब्ध गराउन गृहको आग्रह

गृहमन्त्रालयले घरमा भएका अक्सिजनका सिलिण्डरहरु उपलब्ध गराउन अनुरोध गरेको छ।
 |  बिहीबार, वैशाख ३०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ३०, २०७८

काठमाडौं- गृहमन्त्रालयले घरमा भएका अक्सिजनका सिलिण्डरहरु उपलब्ध गराउन अनुरोध गरेको छ।

कोभिड महामारीका कारण अस्पतालहरुमा अक्सिजनको चरम अभाव भइरहेको भन्दै मन्त्रालयले घरमा रहेका सिलिण्डरहरु उपलब्ध गराएर सहयोग गर्न आह्वान गरेको हो। गृहले त्यस्ता सिलिण्डर भए सुरक्षा निकायलाई बुझाउन आग्रह गर्दै तीनलाई प्रहरीमार्फत् कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले न्यायोचित वितरण गर्ने जनाएको छ।

प्रवक्ता जनकराज दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यसरी जम्मा हुन आएका अक्सिजन सिलिण्डर कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मार्फत् न्यायोचित वितरणको व्यवस्था मिलाइएको छ।’

अगाडि भनिएको छ, ‘विभिन्न उद्योग, व्यवसाय, आयोजना, इन्जिनियरिङ कलेज, सीटीईभीटीका तालिम केन्द्र तथा व्यक्तिसँग रहेका अक्सिजन सिलिण्डर स्वतःस्फुर्त रुपमा नजिकको स्थानीय प्रशासन वा सुरक्षा निकायमा उपलब्ध गराई कोभिड उपचार जस्तो मानवीय कार्यमा योगदान दिनुभई नेपाल सरकारको कोभिड– १९ को दोस्रो लहरको संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारमा प्रभावकारी तुल्याउने अभियानमा सक्रिय सहभागिताका लागि गृह मन्त्रालय सबैमा विशेष अपिल गर्दछ।’

विज्ञप्तिमा हालसम्म विभिन्न क्षेत्रबाट सिलिण्डर दिएर सहयोग गर्ने सबैमा हार्दिक धन्यवाद पनि व्यक्त गरेको छ।

प्रकाशित: May 13, 2021| 13:44 बिहीबार, वैशाख ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।